१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

हत्यामा संलग्न तीनजना पक्राउ

Logo
प्रकाशित आइतबार, जेठ १५, २०७९

न्यूजमधेश डेस्क
विराटनगर ,१५ जेष्ठ ।मोरङको कटहरीका ५० वर्षीय तुलसी श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

कटहरी गाउँपालिका–२ घर भएका श्रेष्ठको हत्या गरिएको घटनामा संलग्न कटहरी–१ का ३३ वर्षीय रविन भुजेल, २९ वर्षीय कपिल माझी र कटहरी–३ का २८ वर्षीय नितेश चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

कटहरी–१ महेशपुरस्थित सडक छेउको नाली नजिकै खेतको डिलमा आइतबार बिहान शव फेला परेको थियो। शनिबार राति घरबाट हिँडेका श्रेष्ठको खोजी गर्ने क्रममा हत्या गरेर फ्यालेको अवस्थामा शव फेला परेको र उनको निधार र तालुमा चोट रहेको प्रहरीले जनाएको छ।

रातको समयमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिँडेका श्रेष्ठसँग भेट भएपछि सम्झाइबुझाई गर्ने क्रममा उनीहरुसँगै विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, डिएसपी श्रेष्ठले भने, ‘सम्झाउने क्रममा विवाद भएपछि ३ जना मिलेर बाँसको मुँग्रो र ढुंगाले टाउकोमा प्रहार मृत्यु भएको हो। घटनामा प्रयोग गरिएको मुँग्रोसमेत बरामद गरिएको छ।’

पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउनका लागि अनुसन्धान थालेको छ। प्रहरीका अनुसार बिहे गरेकी श्रीमतीले छाडेको र सन्तान पनि नभएका तुलसी भाइ चित्रकुमारको साथमा बस्दै आएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]