१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

पेट्रोलियम पदार्थको अन्वेषणः दुई वर्षभित्र दोस्रो चरणको अध्ययन

Logo
प्रकाशित आइतबार, जेठ १५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१५ जेष्ठ ।पेट्रोलियम पदार्थको अन्वेषण भईरहेको दैलेखको पंचकोशी पेट्रोलियम पदार्थको अन्वेषणका लागि २०७३ साल वैशाख २३ गते पहिलो पटक चिनियाँसंगै नेपाली टोली दैलेख पुगेको थियो।

३ वर्षमा अन्वेषण सक्ने गरी पुगेको टोली कोरोना महामारीका कारण कामबीचमै रोकियो। जसका कारण अहिलेसम्म अन्वेषणको दोस्रो चरणको काम सुरु हुन सकेको थिएन। कोरोनाका कारण रोकिएको पेट्रोलियम पदार्थको अन्वेषण कार्य सुचारु गर्न नेपाल सरकार मन्त्रिपरिषद्ले दुई वर्षको म्याद थपेको हो।

चिनियाँ टोलीले दुई वर्षभित्र दोस्रो चरणको अन्वेषण कार्य सक्न सरकारले म्याद दिएको छ। पहिलो चरणमा चिनियाँ टोली दैलेखमा धन्नै ६ महिना स्थलगत अध्ययनका लागि बसेर काम गरेका थिए। उनीहरुले ६ महिनामा ज्वाला क्षेत्र श्रीस्थानलाई आधार मानेर ४ सय वर्ग किलोमिटर क्षेत्रमा अध्ययन गरेका थिए। पेट्रोलियम पदार्थ अन्वेषणका लागि ज्वाला क्षेत्रलाई आधार मानेर सिस्मिक लाईन पूर्व पश्चिममा ३ वटा, उत्तर दक्षिणमा ७ वटा ब्लक बनाएर सर्वे गर्ने कार्य गरिएको थियो।

पहिलो चरणमा भएको अन्वेषणले प्राविधिक तथा विशेषज्ञहरुले चटान हेरेर जमिनमुनी कस्तो भनेर एमआरआई जस्तो सर्वे गरेको थियो। दोस्रो चरणमा हुने अन्वेषणमा स्यास्ट्रिक सर्भे गरिनेछ जसले जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ हुनेछ। जसले भण्डारण कति छ कहाँसम्म फैलिएको छ। कहाँबाट निकाल्न मिल्छ या मिल्दैन आदि कुराहरु पत्ता लाग्ने भूगर्भ विभागले जनाएको छ।

चिनको चाईना जिओलोजिकल सर्भेको टोलीको नेतृत्व बरिष्ठ भूगर्भविद् टयान फुएनको टोलीले अन्वेषण गरिरहेका छन्। दोस्रो चरणमा अन्वेषण टोलीले ३ महिना स्थलगत रुपमा बसेर काम गर्ने छन्। पहिलो चरणबाट आएको रिपाेर्ट अनुसार एक ठाउँमा ४ किलोमिटर तलसम्म ड्रिलिङ हुनेछ जसले गर्दा पेट्रोलिय पदार्थको परिमाण, भएन/भएको पुष्टी गर्ने भूगर्भ विभागका भूगर्भविद् गणेशनाथ त्रिपाटीले बताए। ‘दोस्रो चरणको अन्वेषणबाट पेट्रोलिय पदार्थको अवस्था पत्ता लाग्छ,’ भूगर्भविद् त्रिपाटीले भने, ‘कोरोना महामारीले रोकिएको अन्वेषण कार्य गर्न सरकारले २ वर्ष म्याद थपेको छ।’

भूगर्भ विभागले अन्वेषण कार्य अति सवेदनशिल भएकाले तेल र ग्यास अन्वेषणका बारेमा आएको रिपाेर्टहरु बाहिर नल्याई गोप्य राखिने जनाएको छ। १४ जना चिनियाँ टोलीसगै ३ जना नेपाली टोलीले अन्वेषण कार्य गरिरहेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]