०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

शैक्षिकसत्र सुरु हुनु अगाडि विद्यार्थीको स्वास्थ्य परीक्षण गरिन

Logo
प्रकाशित आइतबार, जेठ १५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१५ जेष्ठ सरकारले शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने जानकारी दिए।

यस्तै ४० वर्षभन्दामाथिका नागरिकलाई स्थानीय तहका स्वास्थ्य संस्था वर्षमा एकपटक नसर्ने रोगको निःशुल्क स्क्रिनिङको बजेटमा व्यवस्था गरिएको उनको भनाइ थियो।

रक्तसञ्चार सेवालाई सर्वसुलभ र व्यवस्थित गराउनका लागि सबै प्रदेशमा सहकारी स्वामित्वका ब्लडबैंक स्थापना गर्ने उनले बताए। सबै प्रदेशका सङ्घीय अस्पतालमा क्याथल्याबसहितको आकस्मिक मुटुको रोगको उपचार गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरूमा जनशक्ति थप गर्ने निर्णय गरेका छन् । सोमबार मन्त्री पदको शपथ लिएपछि मन्त्रालयमा पद बहाली गर्दै उनले ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय गरेका हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्सं) वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जनमत पार्टीको संसदीय दलका नेता महेशप्रसाद यादवले मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले पाउनुपर्ने दाबी गरेका छन् । उनले भ्रष्टाचार र कुशासनमा संलग्न जनता समाजवादी पार्टी नेपालको सरकारको नेतृत्वबाट बहिर्गमन भएको अवस्थामा अब बन्ने नयाँ सरकारको स्वाभाविक नेतृत्व जनमत पार्टीले गर्न पाउनुपर्ने बताए । उनले भने, ‘विगतको चुनावमा जनमत पार्टीले प्राप्त गरेको […]

जनकपुरधाम । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न विवाद साढे १३ लाख रुपैयाँ लेनदेनमा मिलापत्र गरिएको छ । शनिबार राति सुत्केरी व्यथा लागेपछि भर्ना भएकी धनुषा लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाकी २७ वर्षीया अनिताकुमारी यादवको सोमबार बिहान ९ बजे मृत्यु भएको थियो । शल्यक्रियामा लापरबाही गरेका कारण मृत्यु भएको भन्दै मृतकको परिवारले […]