२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

जनकनन्दिनी गाँउपालिका अध्यक्ष यादवको ३ निर्णय

Logo
प्रकाशित सोमबार, जेठ १६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले कार्यभार सम्हालेसंगै तिनवटा निर्णय गरेका छ्न।

सोमबार नवनिर्वाचित गाउँपालिका अध्यक्ष दिपिन देव यादव र उपाध्यक्ष कमला सहगल पदभार ग्रहणपछि प्रत्येक वडामा वाईफाई फ्री गर्ने निर्णय गरेका छ्न।यसअघि गाउँपालिकामा जनतालाई यस्तो सुबिधा दिएको थिएनन् ।

त्यसैगरी यस गाउँपालिकाका अधिकांस जनताले कृषि पेसामा आबद्ध भएकोले एक बिघा भन्दा कम जनमिन रहेका किसानलाई गाउँपालिकाले नि:शुल्क कृषि मिटर वितरण गर्ने निर्णय अध्यक्ष यादवले गरेका छ्न।

गरिब ,दलित र अल्पसंख्यक जनतालाई स्वास्थ्यमा समस्या भएपछि अस्पतालसम्म पुर्याउनको लागी गाउँपालिकाका एम्बुलेन्स नि:शुल्क दिने निर्णय लागीगरेको गाउँपालिका अध्यक्ष दिपिन देव यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]