१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

किसानलाई नि:शुल्क कृषि मिटर उपलब्ध गराउने अध्यक्ष यादवको पहिलो निर्णय

Logo
प्रकाशित सोमबार, जेठ १६, २०७९

राजेन्द्र महरा
खजुरी,१६ जेष्ठ ।जनकनन्दिनी गाउँपालिकाका नव निर्वाचित गाउँपालिका अध्यक्ष दिपिन देव यादवले किसानलाई नि:शुल्क कृषि मिटर उपलब्ध गर्ने निर्णय गरेका छन् ।

गत बैशाख ३० गते सम्पन्न आसन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सोमबार पदभारसहित कार्यभार सम्हाल्दै अध्यक्ष यादवले एक विघाभन्दा कम खेतीयोग्य जमिन रहेको किसानलाई निःशुल्क कृषि विद्युतिय मिटर निःशुल्क उपलब्ध गराउने निर्णय गरेका हुन।

शुल्क निःशुल्क भएपनि कृषि मिटरकै लागि अधिक दस्तुर लाग्ने गरेको खण्डमा गरिब, निमुखा किसानहरुले कृषि मिटर सहजै उपलब्ध नभएको दुःखलाई आफू प्रत्यक्ष अनुभव गरेको सुनाउँदै उनले किसानको लागि आवश्यक पर्ने कृषि मिटर निःशुल्क उपलब्ध गराउने निर्णय लिएको बताए ।

पदभार ग्रहण गर्दै पहिलो दिनमै उनले तीन वटा निर्णय गर्नुभएको छ । जसमा गाउँपालिकाभरि ईन्टरनेटको सुविधा निःशुल्क सहित गाउँपालिकाको मातहतमा सँचालन हुँदै आएको एम्बुलेन्स सेवालाई गरिब ,दलित ,अल्पसंख्यक र अपांगहरुलाई निःशुल्क गर्ने निर्णय गरेको हो ।

पदभार ग्रहणपछि अध्यक्ष यादवले गाउँपालिकाभरि एम्बुलेन्स कुनाकाप्चासम्म जान सक्ने अवस्था नरहेको बताउँदै सर्वप्रथम नै एम्बुलेन्सको लागि भएपनि बाटोघाटोको समस्यालाई निराकरणको लागि युद्धस्तरमा कार्य हुने उनले बताए।

सो क्रममा गाउँपालिका उपाध्यक्ष कमला सहगलले स्थानीय सरकारको मातहतमा हुने न्यायिक समितिको जिम्मेवारीको बारेमा अहिले नै आफूलाई धेरै कुरा थाहा नभएकोले अब कार्यसँचालनपछि आउने विभिन्न मुद्दाहरुलाई सम्पूर्ण जनप्रतिनीधि र प्रहरीको सहयोगमा निराकरणको उपायमा लाग्ने बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]