२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

किसानलाई नि:शुल्क कृषि मिटर उपलब्ध गराउने अध्यक्ष यादवको पहिलो निर्णय

Logo
प्रकाशित सोमबार, जेठ १६, २०७९

राजेन्द्र महरा
खजुरी,१६ जेष्ठ ।जनकनन्दिनी गाउँपालिकाका नव निर्वाचित गाउँपालिका अध्यक्ष दिपिन देव यादवले किसानलाई नि:शुल्क कृषि मिटर उपलब्ध गर्ने निर्णय गरेका छन् ।

गत बैशाख ३० गते सम्पन्न आसन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सोमबार पदभारसहित कार्यभार सम्हाल्दै अध्यक्ष यादवले एक विघाभन्दा कम खेतीयोग्य जमिन रहेको किसानलाई निःशुल्क कृषि विद्युतिय मिटर निःशुल्क उपलब्ध गराउने निर्णय गरेका हुन।

शुल्क निःशुल्क भएपनि कृषि मिटरकै लागि अधिक दस्तुर लाग्ने गरेको खण्डमा गरिब, निमुखा किसानहरुले कृषि मिटर सहजै उपलब्ध नभएको दुःखलाई आफू प्रत्यक्ष अनुभव गरेको सुनाउँदै उनले किसानको लागि आवश्यक पर्ने कृषि मिटर निःशुल्क उपलब्ध गराउने निर्णय लिएको बताए ।

पदभार ग्रहण गर्दै पहिलो दिनमै उनले तीन वटा निर्णय गर्नुभएको छ । जसमा गाउँपालिकाभरि ईन्टरनेटको सुविधा निःशुल्क सहित गाउँपालिकाको मातहतमा सँचालन हुँदै आएको एम्बुलेन्स सेवालाई गरिब ,दलित ,अल्पसंख्यक र अपांगहरुलाई निःशुल्क गर्ने निर्णय गरेको हो ।

पदभार ग्रहणपछि अध्यक्ष यादवले गाउँपालिकाभरि एम्बुलेन्स कुनाकाप्चासम्म जान सक्ने अवस्था नरहेको बताउँदै सर्वप्रथम नै एम्बुलेन्सको लागि भएपनि बाटोघाटोको समस्यालाई निराकरणको लागि युद्धस्तरमा कार्य हुने उनले बताए।

सो क्रममा गाउँपालिका उपाध्यक्ष कमला सहगलले स्थानीय सरकारको मातहतमा हुने न्यायिक समितिको जिम्मेवारीको बारेमा अहिले नै आफूलाई धेरै कुरा थाहा नभएकोले अब कार्यसँचालनपछि आउने विभिन्न मुद्दाहरुलाई सम्पूर्ण जनप्रतिनीधि र प्रहरीको सहयोगमा निराकरणको उपायमा लाग्ने बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]