१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

अख्तियारमा भत्ताको असर

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,१७ जेष्ठ । जेठदेखि सरकारले हप्तामा दुई दिन बिदाको निर्णय कार्यान्वायनमा लगिसक्यो । तर, सरकारका कतिपय कार्यालयले भने यो निर्णय अझै पालना गरेका छैनन् ।

सरकारको निर्णय पालना नगर्ने एक निकाय हो अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आयोगले आइतबार पनि आफ्ना कर्मचारीलाई कार्यालय बोलाउने गरेको छ । आयोगमा अनुसन्धानका काम धेरै पेन्डिङ भएको भन्दै प्रमुख आयुक्त प्रेम कुमार राईले आइतबार पनि कार्यालय खोल्ने निर्णय गरेका छन् ।

आइतबार पनि आयोग खोल्नुको अर्काे कारण सरकारले आयोगका कर्मचारीलाई दिएको प्रोत्साहन भत्ता पनि हो ।

सरकारसँग अतिरिक्त भत्ता लिएर पाँच दिनमात्र काम गर्न नहुने भन्दै यसरी आइतबार पनि कार्यालय खोलेर काम भइरहेको छ । गत फागुनदेखि आयोगका कर्मचारीले भत्ता पाइरहेका छन् ।

त्यसो त पछिल्लो समय आयोगले भ्रष्टाचारका मुद्दामा छानबिनलाई तिव्रता दिएको छ । आयोगले हरेक हप्ता जसो भ्रष्टाचारका मुद्दा दायर गर्दै आएको छ । केही ठूला मुद्दाको समेत तयारी भइरहेको स्रोत बताउँछ । पाँच दिन काम गरेर नभ्याइने भएकाले आइतबार पनि आयोगले कार्यालय खोल्ने निर्णय गरेको हो ।

हप्तामा दुई दिन बिदाले अन्य केही सरकारी कार्यालयमा पनि समस्या भएको छ । अत्याधिक मुद्दाको चाप रहेको अदालतमा यसको समस्या छ । जसकारण बरु आइतबारका लागि अतिरिक्त भत्ता दिएर कार्यालय खोल्नेबारे सर्वाेच्च अदालतमा छलफल भइरहेको स्रोत बताउँछ ।

त्रिपुरेश्वरमा सेवाग्राहीको अत्याधिक भिड रहेको राहदानी विभागले पनि आइतबार कार्यालय खोल्ने निर्णय गरिसकेको छ । आइतबार खटिएवापत थप सुविधा दिने गरी आइतबार पनि खोल्ने निर्णय गरिएको हो । पेट्रोलियमको खपत कम र अन्य देशको जस्तै दुई दिन बिदाको प्रणाली परीक्षण गर्न यस्तो निर्णय गरिएको छ । यसको मिश्रित प्रभाव देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]