१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

भारतमा अहिलेसम्म मङ्कीपक्सका सङ्क्रमित नरहेको दाबी

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

न्यूजमधेश डेस्क
नयाँ दिल्ली ,१७ जेष्ठ । विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सका सङ्क्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दावी गरिएको छ ।

भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मङ्कीपक्सबाट कोही सङ्क्रमित भएको पुष्टि नभएको दावी गरेका हुन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समेत मङ्कीपक्सका बारेमा उच्च सतर्कता अपनाउन सबै देशहरूलाई आग्रह गर्दै आएको छ ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार मङ्कीपक्स भारतमा भित्रिन नदिनका लागि सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।

सरकारले मङ्कीपक्सको सङ्क्रमण व्यवस्थापन निर्देशिका तयार पारिसकेको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, “भारतमा अहिलेसम्म मङ्कीपक्सबाट सङ्क्रमित कोही भेटिएका छैनन् ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]