०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

शहिदनगर : ज्यान मार्ने उद्योगमा पक्राउ परेका वडासदस्य विराजी धरौटीमा रिहा

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१७ जेष्ठ । धनुषामा पक्राउ परेका नवनिर्वाचित वडा सदस्य रिहा भएका छन् ।

शहिदनगर नगरपालिका ८ का वडा सदस्य राकेश विराजीलाई मंगलबार जिल्ला अदालत धनुषाले धरौटीमा थुनामुक्त गरेको हो ।

उनलाई प्रहरीले ज्यान मार्ने उद्योग र डाँका मुद्दामा सोमबार पक्राउ गरेको थियो ।

मंगलबार उनको पेसी तोकिएको थियो । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले उनलाई २५ हजार धरौटी रकम लिएर थुनामुक्त गरेका हुन् ।

गएको कात्तिकमा उनीसहित ९ जनाको समूहले धमेन्द्रप्रसाद छिटान यादवलाई मार्ने प्रयास गरेको आरोप लागेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]