१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

फेरि पेट्रोलको मूल्य प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेर आयो

Logo
प्रकाशित बुधबार, जेठ १८, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१८ जेष्ठ । भारतबाट फेरि पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची हेरफेर भएर आएको छ । बुधबार नेपाल आयल निगमले विज्ञप्तिमार्फत भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ मूल्य सूची हेरफेर गरेर पठाएको जनाएको हो ।

निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेल, खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनमा घटेर आएको छ । पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेर आएको छ भने डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा, खाना पकाउने ग्यासँमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ, हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।

निगमले मासिक अझैँ पनि ६ अर्ब १५ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने विज्ञप्तिमा जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]