०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

फोहरमैला व्यवस्थापनमा जोड दिन मेयर डा यादवको निर्देशन

Logo
प्रकाशित बुधबार, जेठ १८, २०७९

न्यूजमधेश डेस्क
सिरहा,१८ जेष्ठ। सिरहा नगरपालिकाका मेयर डा.नविन कुमार यादवले फोहरमैला व्यवस्थापन गर्न निर्माणाधीन फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमन गरेको छ ।

मेयर डा.यादवले सिरहा नगरपाइका-२ छोटकिटोल नजिकै रहेको छबकी पोखरी, कोइला स्थान र महदैया क्षेत्रको निरक्षण गरेका छन् ।

नगर क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्दै त्यसवाट
प्रारङिक मलको उत्पादन र अन्य व्यवस्थापनमा जोड दिन प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव, फोहरमैला व्यवस्थापन शाखाका इन्चार्ज लगायतलाई निर्देशन दिएका छन् ।

निरीक्षणमा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]

पर्सा । मधेश प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन् । यहाँ बिमासम्बन्धी सचेतनाको कमी र सीमापार बिमा गर्ने परिपाटीका कारण बिमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेश प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]