०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

पूर्वराजा वीरेन्द्रको शालिक राख्न खोज्दा झडप, प्रहरीद्वारा हवाई फायर

Logo
प्रकाशित बिहिबार, जेठ १९, २०७९

न्यूजमधेश डेस्क
नेपालगञ्ज ,१९ जेष्ठ। नेपालगञ्जस्थित धम्बोझीमा पूर्व राजा वीरेन्द्र वीरविक्रम शाहदेवको शालिक राख्न खोज्दा तनाव भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई दर्जन बढी हवाई फायरसँगै अश्रु ग्यास प्रहार गरेको छ ।

राष्ट्रबादी युवाको समूहले धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्रको शालिक राखेपछि भएको भएको झडपका क्रममा प्रहरीले हवाई फायर सँगै अश्रु ग्यास प्रहार गरेको हो ।

यूवाको समूहले पूर्वराजा वीरेन्द्र शाहको वंश नाश हुने गरी भएको दरवार हत्याकाण्डकै दिन नेपालगञ्जस्थित धम्बोझी चोकमा राखेको वीरेन्द्रको शालिकलाई प्रहरीले धरपकड गरी झिकेर लगेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए ।

उनले शालिक राख्ने युवाको समूहलाई प्रहरीले लाठी बर्साउनुका साथै हवाई फायर र अश्रु ग्यास प्रहार गरी तितरवितर बनाएको बताए । ‘प्रहरीले युवामाथि लाठी बर्साएको छ । हवाई फायर र अश्रु ग्यास प्रहार गरेर अमानवीय व्यवहार गरेको छ,’ उनले भने ।

बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेलाई सम्पर्क गर्दा उनले दंगा भइहेकाले थप कुरा गर्ने अवस्थामा नरहेको जानकारी दिए । अहिले धम्बोझी क्षेत्र तनावग्रस्त बनेको छ । वीरेन्द्रको शालिक राख्ने समूह र प्रहरीबीच झडप जारी छ ।

यसअघि नेपालगञ्जको त्रिभुवन चोकमा पनि सोही समूहले पूर्व राजा त्रिभुवनको शालिक राखेको थियो । प्रहरी र प्रशासनले उक्त शालिक हटाउने प्रयास गरे पनि सर्वसाधारणले चर्को विरोध गरेपछि पछाडि हटेको थियो । धम्बोझी चोकलाई अहिले प्रहरीले कब्जामा लिएर आवतजावत समेत रोकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]