२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

हनुमाननगर कंकालिनी नगरकार्यपालिकामा जनमत र जसपाका उम्मेदवार विजयी

Logo
प्रकाशित शुक्रबार, जेठ २०, २०७९

राजविराज, २० जेष्ठ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको नगरकार्यपालिका सदस्य पदको निर्वाचनमा जसपा र जनमत पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

नगरकार्यपालिकाको सम्पन्न मतपरिणाम अनुसार जसपाबाट ६ र जनमतबाट २ जना निर्वाचित भएका हुन् ।

दलित वा अल्पसंख्यक खुल्लातर्फ ३ पदका लागि भएको निर्वाचनमा जनमत पार्टीले २ र जसपाले १ सिट जितेको छ । जनमतबाट विरेन्द्र कुमार राम, लोकेन्द्र ठाकुर विजयी भएका छन् भने जसपाबाट राजनारायण साह निर्वाचित भए । यसैगरी महिलातर्फ जसपाबाट ५ वटै पदमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा राज कुमारी सदा, कौशल्यादेवी मण्डल, मंजुली देवी पासवान, रविना खातुन र चन्द्र कुमारी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ ।

कार्यपालिका सदस्य पदमा ६ जना निर्वाचित भएसँगै जसपाको बहुमत भएको छ । जसपामा उपप्रमुख १ वडा अध्यक्ष ७ र ६ जना नवनिर्वाचित सदस्य गरी कार्यपालिकामा जसपा एक्लैको १४ जना सदस्य पुगेको छ । कूल २४ कार्यपालिकामा जनमतबाट १ नगरप्रमुख २ वडा अध्यक्ष र २ निर्वाचित गरी ५ जना, माओवादी केन्द्रको ४ जना र नेपाली काँग्रेसको १ जना कार्यपालिका प्रतिनिधित्व गरेका छन् ।

यसैगरी बलान विहुल गाउँपालिकाको गाउँ कार्यपालिका सदस्यमा जनमत र काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । जनमत पार्टीबाट दलित अल्पसंख्यक तर्फ २ महिलातर्फ २ गरी ४ जना र काँग्रेसबाट महिलातर्फ २ जना उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बलानविहुल गाउँपालिकाले जनाएको छ ।

जनमत पार्टीबाट खुल्लातर्फ संजिव कुमार शर्मा र संतोष कुमार साह विजयी भएका छन् । महिलातर्फ जनमतबाट अमला देवी यादव र सरस्वती कुमारी यादव विजयी भईन् भने नेपाली कांग्रेसबाट सुलेखा देवी यादव र ललिता देवी मण्डल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]