२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

ढल्केवरमा विद्यालय सार्नु पर्ने माग राख्दै प्रदर्शन

Logo
प्रकाशित शनिबार, जेठ २१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२१ जेष्ठ ।धनुषाको ढल्केवरमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई अयन्त्र सार्नु पर्ने माग राख्दै विद्यालय अगाडि प्रदर्शन भएको छ । महगी भाषाका अभियानी फुलगेन महतोले र उनको सहयोगी विजय दासले प्रदर्शन गरेका हुन् ।

विद्यालय नजिकै तथा वस्तीको बीचमा स्थापना भएको रामजानकी प्लाटिक फ्याक्ट्रीबाट निस्कने दुर्गन्धका कारण विद्यालय पढन आउने विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर परिरहेकोले यहाँबाट विद्यालय सार्नुपर्ने प्रदर्शनकारीहरुको भनाई छ ।

पाइप फ्याक्ट्रीका सञ्चालक राजेश अग्रवाल ठूलाबडा हुन् । उसलाई राजनितिक संरक्षणसमेत रहेकाले यही दुर्गन्धका कारण स्थानीयवासीले पटक–पटक विरोज जनाउँदै आएको भएपनि सञ्चालकले दुर्गन्ध नियन्त्रण तथा फ्याक्ट्री अयन्त्र सार्ने कुनै पहल नगरेका कारण विद्यालय नै सार्नु पर्ने माग राख्दै प्रदर्शन गरेको अभियानीहरुले बताए ।

पाइप फ्याक्ट्री विद्यालयदेखि ५० मिटर उत्तरमा छ । फ्याक्ट्रीबाट निस्कने दुर्गन्ध तथा प्रदुषणका कारण मानिस बिरामी पर्न थालेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टी (जसपा) पत्रकार सम्मलेनको आयोजना गरेको छ । काठमाडौंको बिजुली बजारस्थित अल्फा बिटा भवनमा भोलि अपराह्न २ बजे पत्रकार सम्मेलन बोलाइएको हो। महासचिव ईश्तियाक राईनले देशको समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]

काठमाडौं। युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले सर्लाही हरिपुर नगरपालिका–२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार पक्राउ गरेको हो। कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न […]