२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

गर्लफ्रेण्डसँग झगडा परेपछि युवकले ६० करोड रूपैयाँको नोक्सानी गरिदिए !

Logo
प्रकाशित सोमबार, जेठ २३, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२३ जेष्ठ । एक युवकले आफ्नी प्रेमिकासँग झगडा गरे । झगडापछि उनले चालेको कदमले सबैलाई चकित बनाएको छ । वास्तवमा ती युवकले ६० करोडको नोक्सानी गरेका छन् । यो अपराधमा उनलाई प्रहरीले पक्राउ गरेको छ । युवकले आफैंले प्रहरीलाई फोन गरेर यसबारे जानकारी गराएका थिए ।

घटना अमेरिकाको डलास सहरको हो । यहाँ २१ वर्षीय युवक ब्रायन हर्नान्डेजले आफ्नी प्रेमिकासँग झगडा गरेपछि संग्रहालयमा तोडफोड गर्न थाले । ब्रायनले संग्रहालयमा राखिएको ५० लाख डलर (करिब ६० करोड रुपैयाँ)को पुरातन ग्रीक कलाकृति तोडेका थिए ।

अचम्मको कुरा, ब्रायन हर्नान्डेजले आफैंले पुलिसलाई फोन गरे र घटनाको रिपोर्ट गरे र उनले अमूल्य प्राचीन कलाकृतिलाई नष्ट गरेको बताए किनभने उनको ‘आफ्नी प्रेमिकासँग झगडा भएको थियो’।

‘डेली मेल’को रिपोर्टका अनुसार ब्रायन संग्रहालयमा छिरेका थिए र कम्तिमा तीनवटा पुरातन ग्रीक कलाकृतिहरू नष्ट गरेका थिए, जुन करिब २,५०० वर्ष पुराना थिए। यी कलाकृतिको लागत ६० करोड रुपैयाँ अनुमान गरिएको छ । बुधवार राति करिब १० बजे ब्रायन कुर्सीले संग्रहालयको ढोका तोडेर म्युजियम भित्र पसेका थिए ।

प्रहरीले सीसीटीभी फुटेजमा ब्रायनले स्टूलबाट पुरातन कलाकृतिहरू तोडेको देखाएको छ। ब्रायनले नष्ट गरेका वस्तुहरू दुर्लभ पुरातात्विक वस्तुहरू थिए र ती अत्यन्त मूल्यवान थिए भनेर प्रहरीले एउटा शपथपत्रमा भन्यो। एक प्रहरी अधिकारीका अनुसार ब्रायनलाई गिरफ्तार गरिएको छ र अधिकारीहरुसमक्ष अपराध स्वीकार गरेका छन्।

उनले भने कि जब म्युजियममा उपस्थित गार्डहरूले ब्रायनलाई रोक्न खोजे र उनी यहाँ के गर्दैछौ भनेर सोधे, उनले भने कि उनी आफ्नी प्रेमिकासँग रिसाए, त्यसैले सम्पत्ति नष्ट गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा। नयाँ शैक्षिक सत्र २०८१ सँगै सिरहा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभियान सुरु गरेको छ । जस अन्तर्गत विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक उपलब्ध गराउने, नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा लिई भर्ना गराउने, प्रत्येक कक्षामा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयबाट प्रोत्साहनस्वरुप पुरस्कार व्यवस्था गर्ने र पोसाक प्रदान गर्नेजस्ता काम थालेको हो । त्यसैगरी, […]

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राईले पार्टीको नाम जसपा मात्र राखेर पार्टी दर्ता गराएका हुन् । श्रेष्ठसहित जसपा […]

जनकपुरधाम ।मधेश प्रदेशमा जसपा नेपाल संसदीय दलको बैठकले प्रदेशसभाको अवरोध हटाउन जनमत पार्टीसँग संवाद गर्ने र जसपा नेपाललाई एकढिक्का बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बोलाएको जसपा नेपाल संसदीय दलको बैठकमा जनमत पार्टीले अवरुद्ध गर्दै आइरहेको प्रदेशसभा बैठक सञ्चालन गर्न पहल गर्ने सहमति भएको प्रदेश सांसद रामअशिष यादवले बताए […]