०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

रौतहटमा दैनिक सरदर तीन घन्टा लोडसेडिङ

Logo
प्रकाशित मंगलबार, जेठ २४, २०७९

मदन ठाकुर
रौतहट ,२४ जेष्ठ।रौतहटमा दैनिक लाइन कट्न थालेको छ। दैनिक अघोषित रुपमा तीनदेखि चार घन्टासम्म लाइन नहुँदा सर्वसाधारण निकै मर्कामा परेका छन्।

सरकारले बिजुली अरु देशमा बेच्न सुरु गरिरहेको समाचार आइरहेको समयमा हरेक दिन रौतहटमा तीनदेखि चार घन्टासम्म लाइन अवरुद्ध रहँदा उपभोक्ताले भोग्नुसम्म सास्ती भोग्न बाध्य भएका छन्। गर्मीले जनजीवन कष्ठकर बनिरहेको तथा बिजुलीको भरमा विभिन्न काम गरिरहनु पर्ने उपभोक्ताले बिना सूचना लाइन कटिरहँदा निकै घाटा बेहोर्नु परिरहेको छ।

बिना सूचना लाइन कटेको विषयमा विद्युत कार्यालय गौर, गरुडा तथा चन्द्रपुरलाई सोध्दा एक अर्काेलाई सोध्नु र माथिबाटै लाइन कटेको छ भन्ने रेडिमेड जवाफ पाइने गरेको छ। एक दिनमै बिहान, दिउँसो र साँझतिर लाइन जाने गरेको छ। लाइन जाने कुनै निश्चित समय नभए पनि हरेक दिन चार बजेदिन साढे सात बजेको बिचमा कम्तीमा तिन पटक र एक घन्टाको लागि लाइन अवश्य जाने गरेको छ।

लाइन कट्ने समस्याले आफूहरु परसान भएको र रेडियो स्टेशनमा निकै धेरै क्षति पुगेको रौतहटको गरुडामा रहेको रेडियो मधेस मसला एफएमका प्राविधिक चन्दन पटेलको भनाइ छ। हरेक दिन पटक पटक गरी घन्टौँ लाइन कट्न गर्नाले विद्युतीय सामानमा निकै क्षति पुगेको र आफूहरु निकै परसान भएको प्राविधिक पटेलको दाबी छ। हरेक दिन अनियमित किसिमले लाइन कट्न थालेपछि अन्य क्षेत्रमा पनि असर पर्न सुरु गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]