१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

मधेश प्रदेशको सरकारी विद्यालयमा प्रअदेखि कार्यालय सहयोगीसम्म एकै परिवारका

Logo
प्रकाशित बुधबार, जेठ २५, २०७९

न्यूजमधेश डेस्क
रौतहट ,२५ जेष्ठ । रौतहटको जिल्ला सदरमुकाम गौरमा एउटा सरकारी विद्यालयमा सबै कर्मचारी एकै परिवारका छन्। श्रीमती प्रधानाध्यापिका छन् भने श्रीमान् कार्यालय सहयोगी‚ देउरानी राहत शिक्षिका छन् त भाउजू बाल शिक्षिका र ससुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्।

गौर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख शम्भु साहले आफ्नो नगरपालिकामा रहेका सामुदायिक विद्यालय अनुगमन गर्दा यस्तो रहस्य खुलासा भएको हो। नगरप्रमुख साहले मेयर निर्वाचित भएपछि शिक्षामा सुधार ल्याउन विद्यालय अनुगमनलाई तीव्र पारेका छन्।

उक्त विद्यालय श्री प्राथमिक विद्यालय रहेको नगरप्रमुख साहले जानकारी दिए। गौर-६ टिकुलिया ठेगाना राखिएको उक्त विद्यालय गौर-४ मा सञ्चालनमा रहेको भेटिएको छ।

सदरमुकाममै रहेको उक्त विद्यालय विगत १५ वर्षदेखि सञ्चालनमा रहेको छ। विद्यार्थी संख्या न्यून रहेको उक्त विद्यालयविरुद्ध गौर नगरपालिकाले कारबाही प्रक्रिया अगाडि बढाएको छ।

२०६३ सालमा स्थापित उक्त विद्यालयको व्यवस्थापन समितिका अध्यक्षमा रामेश्वर यादव, प्रधानाध्यापिकामा उनकी बुहारी सावित्री यादव, बालविकास शिक्षिकामा अर्की बुहारी जयमाला यादव, राहत शिक्षिकामा नातिनी निक्की यादव र कार्यालय सहयोगीमा छोरा अशोक यादव रहेका छन्।

कार्यालय सहयोगी अशोक यादव प्रधानाध्यापिका सावित्रीका श्रीमान हुन्। विगत १५ वर्षदेखि पारिवारिक विद्यालयको रूपमा स्थापना गरी सरकारबाट पाउने सेवा सुविधा उपभोग गर्दै आए पनि उक्त विद्यालयले विद्यार्थी संख्या बढाउने र शिक्षमा उल्लेख्य काम नगरेको स्थानीय बासिन्दाको भनाइ छ।

बाल कक्षादेखि लिएर कक्षा ६ सम्मको अध्यापन गर्न मिल्ने उक्त विद्यालयबारे स्थानीय बासिन्दाबाट जानकारी पाउनासाथ मेयर साह सहितको टोलीले स्थलगत अनुगमन गरेको थियो। अनुगमन गर्दा शिशु कक्षादेखि ६ कक्षासम्मका २४ जना विद्यार्थी एउटै कोठामा राखेर पढाइरहेको भेटिएको नगर प्रमुख साहले जानकारी दिए।

विद्यालयमा कति जना विद्यार्थी अध्ययनरत छन्, त्यसको रेकर्ड, एकै परिवारका सदस्य शिक्षकदेखि कार्यालय सहयोगीसम्म के कति कारणले राखिएको हो? विद्यालयको अवस्थामा किन सुधार आएन? लामो समयदेखि सञ्चालनमा रहँदा त्यहाँ समुचित रूपमा खानेपानी र शौचालयको सुविधा किन नरहेको भन्दै नगरपालिकाले प्रधानाध्यापिका सावित्रीसँग स्पष्टीकरण सोधिएको नगर प्रमुख साहले बताए।

मेयर साहका अनुसार व्यक्तिगत रूपमा २ कट्ठा जग्गा दिएर विद्यालय स्थापना गराउन सफल भएको र राजनीतिक पहुँचको आधारमा व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर यादवले आफ्नै घरका सबै सदस्यलाई राखेर सरकारी रकमको चरम दुरुपयोग गर्दै आएको पाइएपछि नगरपालिकाले उक्त विद्यालयलाई कारबाही प्रक्रिया अघि बढाएको छ।

उक्त विद्यालयमा विद्यार्थी संख्या नभएकाले विद्यालयलाई नजिकै रहेको अन्य विद्यालयमा गाभ्नुपर्ने भए पनि राजनीतिक संरक्षणमा कार्यकर्तालाई शिक्षिकादेखि कार्यालय सहयोगीको आडमा सरकारी रकम दुरुपयोग गरिएको स्थानीयको भनाइ छ।

उक्त विद्यालयका अध्यापिकामा शिक्षण सिकाइको अभाव देखिएको, विद्यार्थी संख्या निकै कम रहेको र घरायसी विद्यालयको रूपमा परिणत गराएर नगरपालिकाबाट ठूलो आर्थिक अनुदान विगतमा पाउँदै आएको स्थानीयको भनाइ छ। यस्ता विद्यालयविरुद्ध आफू कडा रूपमा उत्रने नगर प्रमुख साहले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]