२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

डा. सीके राउतले भेटघाट गर्न कहाँ कहाँ जाँदै : हेर्नुस् भ्रमण तालिका

Logo
प्रकाशित बुधबार, जेठ २५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ जेष्ठ । जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डा. सीके राउतले जनकपुरदेखि काठमाडौंसम्म भेटघाट गर्ने तालिका सार्वजनिक गरेका छन् ।

अध्यक्ष राउतले ज्येष्ठ २७ गते भेटघाटका लागि भ्रमणमा निस्किनेछन् । अषाढ ३ गते जनकपुर फर्किने र यहाँ अन्तिम भेटघाट हुने बताइएको छ ।

संसदीय निर्वाचनलाई लक्षित गरी भेटघाटका लागि अध्यक्ष राउत भ्रमणमा निस्किन लागेका हुन् । उनले आ-आफ्नै जिल्लामा भेटघाटको लागि समय मिलाउन समर्थक, कार्यकर्ता र शुभेच्छुकहरूसंग अपिल गरेका छन् ।

हेर्नुस् भेटघाट तालिका:
ज्येष्ठ २७ गते शुक्रबार: बाँके
ज्येष्ठ २८ गते शनिबार: बाँके/बर्दिया
ज्येष्ठ २९ गते आइतबार: कपिलवस्तु/रुपन्देही
ज्येष्ठ ३० गते सोमबार: नवलपरासी
ज्येष्ठ ३१ गते मंगलबार: काठमाडौं
आषाढ १ गते बुधबार: काठमाडौं
आषाढ २ गते बिहीबार: काठमाडौं
आषाढ ३ गते शुक्रबार: जनकपुर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]