१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

उपेन्द्र यादव सहभागी जसपा धनुषाको समीक्षा बैठकमा कुटाकुट

Logo
प्रकाशित बुधबार, जेठ २५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ जेष्ठ । स्थानीय तहको निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) धनुषाको बैठकमा कुटाकुट भएको घटना सार्वजनिक भएको छ ।

जनकपुरसँगै जोडिएको लक्ष्मीनियामा रहेको होटल बाबाको ढावामा मंगलवार बसेको जसपाको समीक्षा बैठकमा कुटाकुट भएको हो । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए ।

बैठकमा भएको कुटाकुटमा तीन कार्यकर्ता घाइते समेत भएको स्रोतले जनायो । जसपा सबैला नगर अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतका समूहले अन्तरघात गरेको आरोप लगाएका थिए । मन्तव्य सकेर बसेलगत्तै उनलाई एक समूहले कुट्न थालेपछि केहिबेर तनाव सृजना भएको थियो। बैठकमा सहभागी एक नेताले सुनाए ।

जसपा नेताहरु सिकिन्दर सिंह यादव, अवधकिशोर रविदास र जितेन्द्र मुखिया लगायतले रायमाथि मुक्का बर्साएका थिए । पछि उनीहरुलाई बैठकबाट निकालेपछि अबस्था साम्य बनेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]