१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

भन्सार छलीको समानसहित ३ वटा ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, जेठ २६, २०७९

मुस्कान श्रेष्ठ,
वीरगञ्ज,२६ जेष्ठ । पर्सा प्रहरीले अवैध रुपमा भन्सार छली गरी ल्याएको हार्डवयर पार्टस्, औषधिलगायतको खुद्रा सामग्रीसहित ३ वटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय, पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१० घण्टाघर सडक खण्डमाबाट बा ५ ख ८६५८ र लु २ ख ५३४९ नम्बरको मालवाहक ट्रकहरूलाई नियन्त्रणमा लिएको हो ।

बिल विजक भन्दा बढी मूल्यका विभिन्न किसिमका हार्वयर पार्टस, औषधिलगायतका मालवस्तुहरू बोकेको सूचना प्राप्त हुनसाथ रोकेर जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको जिल्ला प्रकरी कार्यलय पर्साका प्रहरी प्रवक्ता एवम डीएसपी ओम प्रकाश खनालले जानकारी दिए ।

यसैगरी प्रहरीले वीरगञ्ज महानगरपालिका–८ माइस्थान सडक खण्डमा ना ४ ख ४३०१ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको छ । उक्त ट्रकबाट समेत बिल विजक भन्दा बढी बिभिन्न किसिमका औषधि, लत्ताकपडालगायतका खुद्रा मालवस्तुहरू बरामद भएको प्रहरीले जनाएको छ ।

तीनवटै ट्रक नियन्त्रणमा लिई २ करोडको मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]