०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

अमेरिकी सेनाका प्यासिफिक कमाण्डर काठमाडौँमा

Logo
प्रकाशित बिहिबार, जेठ २६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२६ जेष्ठ ।नेपाली सेनाको निमन्त्रणामा अमेरिकी सेनाको प्रशान्त क्षेत्र हेर्ने चार तारे जर्नेल चार्ल्स ए. फ्लिन काठमाडौँ आइपुगेका छन्। नेपाल आउनुअघि भारत भ्रमणमा रहेका फ्लिनलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरे। तीन दिने नेपाल भ्रमणका लागि नेपाल आएका फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

फ्लिनले भोलि सिंहदरवारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको छ। त्यस्तै उनले भोलिनै सैनिक मुख्यालय जंगी अड्डामा नेपालका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। फ्लिनको सम्मानमा भोलि नेपाली सेनाले आफ्नो मुख्यालयमा गार्डअफ अनर दिने कार्यक्रम छ। त्यस्तै उनलाई भोलि नै नेपाली सेनाको गतिविधिहरू जानकारी गराइने र बिपद् उद्धार लगायतमा नेपाली सेनालाई आवश्यक पर्ने उपकरणहरूको जानकारी गराउँन लागिएको सैनिक स्रोतले जानकारी दिएको छ। उनको सम्मानमा भोलिनै प्रधानसेनापति शर्माले रात्रिभोज समेत आयोजना गरेका छन्।

शनिबार बिहान जर्नेल फ्लिनलाई नेपाली सेनाले हेलिकप्टरमार्फत सगरमाथाको आधार शिविरको भ्रमण गराउँदैछ। फ्लिनसंगै प्रधानसेनापति शर्मापनि माउन्टेन फ्लाइटमा जाने तय भएको खबरहसंग कुरा गर्दै नेपाली सेनाका एक अधिकारीले बताए। नाम नबताउँने शर्तमा खबरहबसँग कुराकानी गर्दै ती अधिकारीले फ्लिनको भ्रमण दुई देशको सैन्य कुटनीतिमा निकै महत्वपूर्ण रहेकाले नेपाली सेनालाई आवश्यक पर्ने स्काइ ट्रक, सैन्य सामाग्री लगायतको माग गरिने र द्विपक्षीय चासो र हितका विषयमा कुराकानी हुने बताए।

फ्लिन नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्र र शिवपुरीस्थित सेनाको कमाण्ड एण्ड स्टाफ कलेजको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ। प्रधानसेनापति प्रभुराम शर्मा केही सातापछि अमेरिका भ्रमणमा जाँदैछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]