२७ कार्तिक २०८२, बिहिबार
13-11-2025 , Thu
×

अमेरिकी सेनापति आएका बेला प्रधानमन्त्री पत्नीलाई किन दिल्ली बोलाइयो ?

Logo
प्रकाशित शुक्रबार, जेठ २७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२६ जेष्ठ। अमेरिकी सेनाका एसिया प्यासिफिक क्षेत्रका प्रमुख चाल्र्स एक फ्लिन चार दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुग्दा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू देउवा भने मंगलबार अपरान्ह नयाँ दिल्ली गएकी छन्।

अचानक तय भएको प्रम पत्नी आरजु देउवाको यो भ्रमणको वाहाना भने स्वास्थ्योपचारको छ तर दिल्ली भ्रमणको उद्देश्य भने अर्कै रहेको छ। प्रमपत्नी देउवा केही बर्षदेखि जापानमा नै स्वास्थ्य उपचार गराउँदै आएकी थिइन्।

कोरोनाको पहिलो लकडाउनमा आरजूले जापानमा हीपको अपरेशन गराएकी थिइन् भने त्यसपछि पनि जापान मै फलोअप गराउँदै आएकी छिन्। उनी स्वास्थ्य परीक्षण जापानमा गराएर फर्किएको डेढ महिनमात्र भएको छ। तर उनी बिहीबार स्वास्थ्योपचारका लागि भन्दै दिल्ली उडिन्।

वालुवाटार स्रोतका अनुसार उनी दिल्ली जानुको पछाडि अमेरिकी सेनाका एसिया प्यासिफिक क्षेत्रका सेनापतिको भ्रमण मुख्य कारण रहेको छ। नेपाल र अमेरिकाबीच सहयोगका क्षेत्रहरु विस्तार भइरहेको र सैन्य सहयोगको क्षेत्रमा समेत नेपाल र अमेरिकाका बीचमा थप सहयोगका क्षेत्रहरु खोलिन लागेको कुरामा भारत असन्तुष्ट बनेको छ।

र, ऊ अमेरिकी सेना र नेपाली सेनाका बीचमा रक्षासम्बन्धी दिर्घकालीन प्रकारका कुनै पनि सम्झौता नहुन् भन्ने चाहन्छ । यही सन्दर्भमा दवाव दिन आरजूलाई भारत बोलाइएको स्रोतका दावी छ।

यतिबेला रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हालेका छन्। प्रधानमन्त्रीले गर्ने हरेक निर्णयमा आरजूकै प्रभाव रहने र उनकै योजनामा कुटनैतिक राजनैतिक निर्णयहरु हुने गरेका सन्दर्भमा भारतले आरजूलाई अमेरिकी सेनापति आएकै मौका छोपेर अमेरिकालाई समेत कुटनीतिक सन्देश दिने गरी दिल्ली बोलाएको हो।

देउवाले रक्षा मन्त्रालय सम्हालेका बेला अमेरिकी सेनाका एसिया प्यासिफिक क्षेत्रका सेनापति नेपाल आउँदा स्टेट पार्टनरसिप प्रोग्राम र अन्य कुनै महत्वपूर्ण सम्झौता हुन सक्ने भयले भारत सशंकित छ।

नेपालमा नयाँ भारतीय राजदूत आइनसकेको बेलामा हतार हतार गरेर कार्यवहाक भारतीय राजदूतले अचाकन नेपाली सेनाका सेनापति प्रभुराम शर्मालाई हिजो विहीबार भेट गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]