२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

जसपा फेरि फुटको संघारमा !

Logo
प्रकाशित शनिबार, जेठ २८, २०७९

न्यूजमधेश डेस्क
काठमाडाैं,२८ जेष्ठ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को विवाद उत्कर्षमा पुगेको छ । उपेन्द्र यादव पेलेरै अगाडि बढिरहेकाले पनि पार्टीमा फुट हुने निश्चितजस्तै भएको छ ।

सरकारमा रहेका मन्त्रीहरुको हेरफेर गर्ने विषयमा एकमत नभएको सत्तारुढ गठबन्धनभित्रका पार्टीहरुमा विभाजनको संकेत देखापरेको छ ।जसपाबाट सरकारमा सहभागी मन्त्रीहरु नफेरिने हो भने पार्टी नै विभाजन हुने स्थितिमा पुग्ने देखिन्छ ।

पछिल्लो समय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच दूरी बढेकाले पनि जसपा फुट्न सक्ने अनुमान गरिएको छ ।लोसपासँग लचक देखिन थालेका यादवले एकलाैटी निर्णय गर्दै अगाडि बढेकाले पनि भट्टराइ नयाँ दल दर्ताकाे बाटाेमा अग्रसर भएका छन् ।

भट्टराईले नयाँ दल दर्ता गरेर नयाँ अभियानका साथ अगाडि बढ्न सक्ने सम्भावना बढेको छ।जसपा अध्यक्ष उपेन्द्र यादवले पनि पछिल्ला दिन मन्त्रीहरु नफेर्ने र चुनावसम्म गठबन्धनमा रहेर यही मन्त्रीहरुलाई निरन्तरता दिने संकेत गरेका छन् ।

उनले लोकतान्त्रिक समाजवादी पार्टीसँग फेरि एकता हुनसक्ने समेत अभिव्यक्ति दिँदै आएका छन्।यही कारण जसपामा पनि मन्त्रीहरु फेरिने सम्भावना कम छ ।

पार्टीभित्रका असन्तुष्ट पक्षले ६ महिनामा मन्त्रीहरु फेर्ने बताएर अहिले बेवास्ता गरेको आरोप उनीमाथि लाग्न थालेको छ ।

लोसपालाई सरकारतिर नजिकिन थालेको आरोप पनि लाग्न थालेको छ ।अहिले जसपामा १९ जना सांसद छन् । भटराइले यी मध्येबाट कति सांसद आफ्नो पक्षमा पर्लान त? भट्टराइलाइ नयाँ पार्टी खाेल्दा कतै एक्लै पाे पर्ने हाे कि भन्ने डर पनि छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]