१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

नयाँ जनप्रतिनिधि आएसँगै नदी दोहनमा रोक

Logo
प्रकाशित शनिबार, जेठ २८, २०७९

युवराज आचार्य
झापा ,२९ जेष्ठ । झापाको मेचीनगर नगरपालिकामा नदी दोहनमा रोक लगाइएको छ । सरकारले प्रत्येक बर्ष बर्खा लागेसँगै देशभरका नदिबाट असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य सामाग्रीहरू बन्द गर्दै आएको छ । तर, मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधि आउने बित्तिकै जेठमा नै निन्दा, टिमाई र हडिया नदिको उत्खननमा रोक लगाएको हो ।

विगत बर्षहरूमा नदि उत्खनन अत्यधिक भएको भन्दै विवादमा समेत आएको मेचीनगरमा नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा आएको टिमले पदभार सम्हालेको केही दिनमा नै नगर क्षेत्रका नदि दोहन बन्द गरेको हो ।

नगर प्रमुख बुढाथोकीको पहलमा मेचीनगर क्षेत्रका नदिमा अवैध उत्खनन रोकिएको छ । योसँगै अब मेचीनगरमा अवैध उत्खनन समाप्त हुने नगरबासीले अपेक्षा समेत गरेका छन् ।

मेचीनगर र नदीजन्य सामाग्री उत्खन्न गर्ने कम्पनीका बीच भएको सम्झौता अनुरुपको काम सम्पन्न भएपछि थप उत्खन्न हुन नदिन नदीमा रोक लगाइएको उपप्रमुख मीना पोखरेलले बताइन् ।

नदी उत्खन्नमा रोक लगाइको बारे प्रहरी प्रशासनलाई समेत जानकारी गराइसकिएको मेचीनगर आर्थिक संयोजक दिपेन्द्र कार्कीले जानकारी दिए । यो निर्णयको उल्लङघन गरे कार्वाही गरिने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]