०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

सर्लाहीको लालबन्दीमा मामालाई मार्ने भान्जा पक्राउ

Logo
प्रकाशित शनिबार, जेठ २८, २०७९

मदन यादव
सर्लाही ,२९ जेष्ठ ।सर्लाहीको लालबन्दीमा एक भान्जाले नै मामाको हत्या गरेका छन्। लालबन्दी नगरपालिका १७ का ४५ वर्षीय अशोक विकलाई लालबन्दी नगरपालिका ११ का ३१ वर्षीय रवि विकले हत्या गरेको हो।

लालबन्दी नगरपालिका ११ हिरापुरमा रहेको पानी ट्यांकीस्थित तरकारी बारीमा काम गर्ने क्रममा भान्जा रवि विकले मामा अशोक विकलाई लट्ठी प्रहार गरेको हुन्। बाँकस ओसार्ने क्रममा मामा र भान्जाबिच विवाद हुँदा भान्जाले मामालाई त्यहीँ बासको लट्ठीले प्रहार गरेका थिए।

भान्जाको लट्ठी प्रहारबाट गम्भीर घाइते भएका मामा अशोक विकलाई उपचारको लागि स्थानीय मोडल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामतर्फ लैजाने क्रममा विकको बाटोमै मृत्यु भएको हो।

मामामाथि लट्ठी प्रहार गरी मारेको अभियोगमा सर्लाही प्रहरीले रवि विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]