१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

धनुषा प्रहरीले ८ लाख बराबरको अवैध कपडा गरे बरामद

Logo
प्रकाशित आइतबार, जेठ २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२९ जेष्ठ । भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको करिब ८ लाख रुपैयाँ बराबरको अवैद्य कपडा धनुषा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको ईलाका प्रहरी कार्यालय खजुरीको प्रहरी ईन्सपेक्टर निरञ्जन घिमिरेको नेतृत्वका खटि गएको गस्ती टोलीले गएराती करिब १ बजेको समयमा ८ लाख मूल्य बराबरको कपडा बरामद गरेको हो ।

टाउको बोकेर प्रहरीलाई चक्मा दिँदै ढुवानी गरी चौरमा राखिएको भन्सार छलीको कपडा राती पक्राउ गर्न सफल भएको हो । कपडा बोक्नेहरु प्रहरीलाई देख्ने बित्तिकै कपडा छाडेर भागेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय खजुरीले अहिले सीमानाकामा अधिक कडाई गर्नुको साथै घुमुवाको टोलीलाई अहोरात्र खटाउन थालेपछि तस्करहरु स्थिर भएका छन् ।

सोही क्रममा महिनाथपुर नाकाको चोरबाटो हुँदै भन्सार छली गरी नेपाल छिराएको लाखौँ मूल्य बराबरको कपडा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

रातभरि नै जाग्राम बसेका ईन्सपेक्टर घिमिरे र घुमुवा प्रहरी बिरगेश मुखियाको गस्ती टोलीले गएराती १ बजेको समयमा सो मूल्य बराबरको भन्सार छलीको कपडा बरामद गरेको हो ।

जानकारी अनुसार, उनीहरु मुख्य नाका नभएर खेतबाटो भएर टाउकोमा समान बोक्ने गरी नेपाल छिराएको थियो । राती प्रहरी नआउने भन्दै ढुक्क रहेका तस्करहरुले प्रहरी देखेपछि भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजौरेले सीमानाकामा अझ कडाई गर्न निर्देशन दिएपछि यहाँका प्रहरी झन सक्रियता देखाएको छ । खुल्ला सीमाको कारण चोरबाटो भएर तस्करहरुले स्थानीयहरुलाई प्रयोग गरी भन्सार छलीका समानहरु छिराउने गरेका छन् ।

पक्राउ गरिएको कपडा आजै भन्सार कार्यालय जनकपुरमा कारवाहीको लागि पठाइने ईलाका प्रहरी कार्यालय खजुरीका ईन्सपेक्टर घिमिरेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]