२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

धनुषा प्रहरीले ८ लाख बराबरको अवैध कपडा गरे बरामद

Logo
प्रकाशित आइतबार, जेठ २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२९ जेष्ठ । भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको करिब ८ लाख रुपैयाँ बराबरको अवैद्य कपडा धनुषा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको ईलाका प्रहरी कार्यालय खजुरीको प्रहरी ईन्सपेक्टर निरञ्जन घिमिरेको नेतृत्वका खटि गएको गस्ती टोलीले गएराती करिब १ बजेको समयमा ८ लाख मूल्य बराबरको कपडा बरामद गरेको हो ।

टाउको बोकेर प्रहरीलाई चक्मा दिँदै ढुवानी गरी चौरमा राखिएको भन्सार छलीको कपडा राती पक्राउ गर्न सफल भएको हो । कपडा बोक्नेहरु प्रहरीलाई देख्ने बित्तिकै कपडा छाडेर भागेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय खजुरीले अहिले सीमानाकामा अधिक कडाई गर्नुको साथै घुमुवाको टोलीलाई अहोरात्र खटाउन थालेपछि तस्करहरु स्थिर भएका छन् ।

सोही क्रममा महिनाथपुर नाकाको चोरबाटो हुँदै भन्सार छली गरी नेपाल छिराएको लाखौँ मूल्य बराबरको कपडा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

रातभरि नै जाग्राम बसेका ईन्सपेक्टर घिमिरे र घुमुवा प्रहरी बिरगेश मुखियाको गस्ती टोलीले गएराती १ बजेको समयमा सो मूल्य बराबरको भन्सार छलीको कपडा बरामद गरेको हो ।

जानकारी अनुसार, उनीहरु मुख्य नाका नभएर खेतबाटो भएर टाउकोमा समान बोक्ने गरी नेपाल छिराएको थियो । राती प्रहरी नआउने भन्दै ढुक्क रहेका तस्करहरुले प्रहरी देखेपछि भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजौरेले सीमानाकामा अझ कडाई गर्न निर्देशन दिएपछि यहाँका प्रहरी झन सक्रियता देखाएको छ । खुल्ला सीमाको कारण चोरबाटो भएर तस्करहरुले स्थानीयहरुलाई प्रयोग गरी भन्सार छलीका समानहरु छिराउने गरेका छन् ।

पक्राउ गरिएको कपडा आजै भन्सार कार्यालय जनकपुरमा कारवाहीको लागि पठाइने ईलाका प्रहरी कार्यालय खजुरीका ईन्सपेक्टर घिमिरेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]