११ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

सुनसरीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

Logo
प्रकाशित आइतबार, जेठ २९, २०७९

न्यूजमधेश डेस्क
इनरुवा,२९ जेष्ठ । सुनसरीको कोसी गाउँपालिका–५ मा आज सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ घाइते भएका छन् ।

मृत्यु हुनेमा कोसी–७ का पैदलयात्री १८ वर्षीय श्रवणकुमार मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

को २ च ३९९२ नम्बरको जिपले पैदल हिँडिरहेका मेहतालाई ठक्कर दिई मेहता गम्भीर घाइते भएको र जिप अनियन्त्रित भई सडक छेउको रुखमा गएर ठोकिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएका मेहताको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका जिप चालकसहित छ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]