०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै दिन एकै चरणमा

Logo
प्रकाशित सोमबार, जेठ ३०, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,३० जेष्ठ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्ने योजना बनाएको हो ।

आयोगका एक आयुक्तले भने, ‘निर्वाचन एकै चरणमा गर्न आयोग तयार छ, हामी दुई चरणमा जाँदै जाँदैनौं, स्थानीय तहको निर्वाचनमा केही स्थानमा भएका घटनाको विश्लेषणपछि आयोग प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने भन्ने निष्कर्षमा पुगेको हो ।’

आयोगले आन्तरिक रूपमा दुई चरणमा निर्वाचन गर्दा २७ कात्तिक र ३ मंसिरको मिति’bout छलफल गरेको थियो । तर, एकै चरणमा गर्ने अवस्थामा २७ कात्तिकमा नै गर्न सकिने अयोगको बुझाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि एकै चरणमा निर्वाचन गर्ने पक्षमा छन् भने सत्तारूढ गठवन्धनमा पनि एकै चरणमा निर्वाचन गर्ने विषयमा अनौपचारिक छलफल भइसकेको छ ।

तर, प्रधानमन्त्री देउवाले निर्वाचनका विषयमा आयोगसँग औपचारिक छलफल भने गरेका छैनन् । उनले संसद्बाट आर्थिक वर्ष २०७९÷८० को बजेट पारित भएपछि आयोगसँग प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन’bout छलफल अघि बढाउने योजना बनाएका छन् । देउवा स्थानीय तह निर्वाचनको परिणामबाट हौसिँदै आएका छन् ।

गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आगामी १० मंसिरभित्रै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने विषयमा यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अनौपचारिक छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनतर्फ केन्द्रित हुन ढिला गर्न नहुने धारणा राखेका थिए ।

यसअघि १० र २१ मंसिर २०७४ गरी दुई चरणमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएको थियो । त्यसबखत निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको अन्तिम परिणाम सार्वजनिक गर्न ढिलाइ गरेका कारण २० फागुनमा पद तथा गोपनीयताको शपथ लिएका थिए । आयोगले भने निर्वाचन सम्पन्न भएपछिको मितिलाई कार्यकाल समाप्त हुने मिति मान्दा २२ मंसिरमा वर्तमान प्रतिनिधि सभाको कार्यकाल सकिने बताउँदै आइरहेको छ । आयोगले निर्वाचन सम्पन्न गर्न कुल १ सय २० दिनको समय आवश्यक पर्नेसमेत बताउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]