१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

जनताको सेवक भएर काम गर्न डा राउतले दिए जनप्रतिनिधिलाई निर्देशन

Logo
प्रकाशित सोमबार, जेठ ३०, २०७९

न्यूजमधेश डेस्क
रुपन्देही, ३० जेष्ठ। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन् ।

उनले आफूलाई शासक नठानी जनताको सेवक भएर जनताको पक्षमा काम गर्न निर्देशन दिएका हुन् । आइतबार जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन रुपन्देहीको लुम्बिनी आएका डा. राउतले यस्तो निर्देशन दिएका हुन् ।

जनताको घरघरमै गएर सेवा दिनुपर्ने, भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गरेर काम गर्न समेत डा. राउतले आग्रह गरे । जनमत पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले नयाँ र फरक काम गर्छन् भन्ने उदाहरण बन्न पनि नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले निर्वाचनमा पहिलो पटक भाग लिएको जनमत पार्टीलाई रुचाएर राम्रो मत दिएको बताउँदै उनले अधिकांश स्थानमा थोरै मतान्तरले मात्र जनमत पार्टी अन्य पार्टी भन्दा पछाडी परेको उल्लेख गरे । आगामी संघ र प्रदेशको निर्वाचनमा जनमत पार्टीलाई धेरै भन्दा धेरै स्थानमा विजय गराउन नेता कार्यकर्ताहरुलाई क्रियाशिल भएर काम गर्न डा. राउतको आग्रह रहेको छ ।

त्यस्तै पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खानले जनमत पार्टीले निर्वाचित प्रतिनिधिलाई जनता राज ल्याउने गरी काम गर्न र पार्टीको प्रतिष्ठा बचाउन आग्रह गरे ।

पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले पार्टीका उम्मेदवारलाई निर्वाचित बनाउन सहयोग पुर्याउने र मतदान गरी जनमतका उम्मेदवार विजय बनाएकोमा सबैमा धन्यवाद दिए । उनले आगामी प्रदेश र संघको निर्वाचनको तयारीमा सबै जुट्न नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]