२६ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
×

बजारको आँपमा विषादी

Logo
प्रकाशित मंगलबार, जेठ ३१, २०७९

न्यूजमधेश डेस्क
बारा,३१ जेष्ठ । बाराको बजारमा मानव स्वास्थ्यका लागि हानि गर्ने विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेर पकाइएका आँप छ्यापछ्याप्ति बिक्री वितरण भइरहेको छ । बगैंचामा फलेका आँप असारको तेस्रो सातापछि मात्रै पाक्न सुरु भई खान योग्य हुने भए पनि बाराको बजारमा अहिले कर्वाइट नामक विषादी हालेर पकाइएका आँप छ्यापछ्याप्ति बिक्री वितरण भइरहेको हो ।

बाराको कलैया, जीतपुर, सिमरा, निजगढका बजारहरुमा कार्बाइड हालेर पकाइएका आँप बिक्री वितरण भइरहेको छ । यो सिजनको सुरुमा भारतबाट आँप ल्याएर बिक्री गरेका बाराका व्यापारीहरुले दुई सातायता भने पूर्वका जिल्लाबाट पनि काँचो आँप ल्याएर गोदाममा राखी कार्बाइड हालेर पकाएर बजारमा बिक्री गरिररहेका हुन् ।

व्यापारीहरूले प्रतिकेजी ४०/५० रुपैयाँका दरले काँचो आँप किनेर कार्बाइड प्रयोग गरेर १०० देखि १५० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । बारा तरकारी तथा फलफूल व्यवसायीका अनुसार सिजनको सुरुमा बारा र यस आसपासाका बजारहरुमा भारतको गोवा, मद्रास, केरला, आन्ध्र प्रदेशबाट आँपको आयात हुने गरेको बताए । असार पहिलो सातापछि भने तराईका पूर्वी जिल्लामा फलेका आँप बाराको बजारमा आउने गरिएको व्यवसायीको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बाराको अनुसार भारतबाट चैतदेखि नै आँप ल्याएर बिक्री गर्ने क्रम सुरु भइसक्छ । नेपालमा उत्पादित आँप असार तेस्रो साताबाट मात्र खानयोग्य हुने गरेको केन्द्रले जनाएको छ । अहिले बजारमा पाइने आँप, छिटो पकाउन कार्बाइड विषादी प्रयोग गर्ने गरिएकाले ती आँप नखाँदा नै उपयुक्त हुने सुझावसमेत केन्द्रको छ ।

विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, रिंगटा लाग्ने, मानसिक तथा नशासम्बन्धी समस्या देखापर्ने, स्मरणशक्ति कमजोर हुने, स्वास प्रश्वासमा समस्या हुने र झाडापखला लगायतका रोग देखा पर्ने नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले बताए ।

प्रचलित खाद्य ऐन २०२३ ले कृत्रिम रसायन कार्बाइड प्रयोग गरी आँप पकाउन प्रतिबन्धित गरेको छ । खाद्य ऐन अनुसार प्रतिबन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्री वितरण गर्ने व्यवसायीलाई १० हजारदेखि २५ हजार रुपैयासम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ । तर व्यापारीहरुले कार्बाइड विषादी राखेर पकाएका आँप खुलेआम रुपमा बिक्री गरिरहँदा पनि स्थानीय प्रशासन भने मौन बसेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]