२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

प्रतिनिधि सभाको राज्य व्यवस्था समिति ८ महिनादेखि निष्क्रिय

Logo
प्रकाशित बिहिबार, आषाढ ०२, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२ असार । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठक ८ महिनादेखि बस्न सकेकाे छैन। पछिल्लाेपटक समितिकाे बैठक २०७८ असोज २० गते बसेको थियाे ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगको वार्षिक प्रतिवेदनबारे तयार उपसमितिको प्रतिवेदनमाथि छलफल गरिएको थियो । त्यसयता समितिको बैठक बस्न सकेको छैन । अब कहिले बस्छ भन्ने निश्चित पनि छैन ।

प्रतिनिधि सभाको जेठ २५ गतेको बैठकमा कांग्रेस सांसद् अमरेशकुमार सिंहले याे विषया उठान गरेका थिए । उनले भनेका थिए, ‘यो समिति एक सालदेखि निष्क्रिय छ । संसद् विघटनको बेला मात्रै होइन, सरकार बनेपछि पनि निष्क्रिय छ । त्यो चाहिँदैन भने खारेज गरौँ । त्यो समितिका सदस्यहरुलाई अर्को समितिमा पठाउन म सभामुखलाई आग्रह गर्छु ।’

सिंह सोही समितिका सदस्य हुन् । समितिका तत्कालीन सभापति शशी श्रेष्ठ मन्त्री बनेपछि बैठक रोकिएकाे हाे । अन्तिम बैठक बसेको पर्सिपल्ट अर्थात्, असोज २२ गते नै श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनिन् । समितिको कार्यविधिमै सभापतिले बैठक बोलाउने व्यवस्था छ ।

तर, सभापति नै मन्त्री भएपछि समितिको बैठक बोलाउने व्यक्ति भएन । त्यसपछि आफूहरुको समिति निष्क्रिय भएको समितिका सदस्यहरुको भनाइ छ । तत्कालीन सभापति श्रेष्ठका अतिरिक्त सोही समितिबाट अन्य पाँच जना सदस्यहरु पनि मन्त्री बनेका थिए ।

समितिमा तत्कालीन समयमा रहेका २७ सदस्यमध्ये ६ जना मन्त्री भएपछि समितिमा सदस्य संख्या मात्रै घटेन, त्यहाँभित्रको शक्ति संरचनामा पनि परिवर्तन आएको छ । आगामी बैठकलाई प्रभाव पार्ने अर्को विषय यो पनि हो ।

अहिले २४ जना मात्रै सदस्य छन् । ३ जनाको पूर्ति हुन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]