२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

निजगढ विमान स्थल कुनैपनि बहानामा सार्न मिल्दैन ः मुख्यमन्त्री राउत

Logo
प्रकाशित बिहिबार, आषाढ ०२, २०७९

न्यूजमधेश डेस्क
बारा,२ असार । मुख्यमन्त्री लालबाबु राउतले दोश्रो अन्तराष्ट्रिय विमान स्थल निजगढ कुनै पनि बहानामा सार्न नमिल्ने बताएको छ। ।

निजगढमा विमान स्थल बन्नु पर्ने मांग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समिति संगको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश प्रदेशको विकासका लागी अतिमहत्वपूर्ण निजगढ विमान स्थान सार्ने खेल आफुहरुलाई स्वीकार्य नहुने बताएको छ ।

सर्वोच्च अदालतको फैसलाको पूर्ण अझै आइ नसकेकोले नआतिन निजगढ वासीलाई आग्रह गर्दै मुख्यमन्त्री राउतले पूर्ण पाठमा निजगढ विमान स्थलको लागि साकारात्मक सन्देश आउने विश्वास व्यक्त गरेका हुन ।

उहाँले भन्नु भयो – निजगढ विमान स्थलप बन्नु पर्नेमा हामी दृढ छौ , तर विमान स्थलनको नाउँमा अनावश्यक रुख कटानी गर्न दिदैनौ । विश्वको सबै भन्दो ठूलो विमान स्थल होइन, नेपालको लागी सुहाउदो विमान स्थल बनाउनका लागी प्रदेश सरकार हर सम्भव प्रतिबद्ध छ ।
विमान स्थलको नाउँमा जंगल नै सिद्धाउने चलखेल हुँदै आएको प्रति निजगढबासी लाई सचेत गराउनु हुँदै मुख्यमन्त्री राउतले निजगढ विमान स्थलको निर्माण प्रक्रिया कागजमा मात्र नभई सतहमा शुरु गर्न गराउनका लागी दवावदिन आग्रह समेत गरे ।

निजगढबासीले केही दिन यता जारी राखेको चक्का जाम सहितको आन्दोलन तत्कालका लागी स्थगन गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले भन्नु भयो ,‘ सर्वोच्चको पूर्ण पाठ नआउञ्जेल सम्मको लागी आन्दोलन स्थगित गर्नुस । पूर्ण पाठ हाम्रै पक्षमा आउछ भनेमा विश्वस्त छु । विपक्षमा आए फेरी आन्दोलन गरौला ।
मुख्यमन्त्री राउतले रिले अनसनमा बसेका आन्दोलनकारीहरु समेतलाई भेटे पछि सरोकार समिति चक्का जाम कार्यक्रम आजै बाट स्थगित गरेका छन भने रिले अनसनलाई निरन्तरता नै दिने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]