१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

निहारिकाको मुद्दामा आरोपित शिवराजलाई झिकाउन उच्च अदालतको आदेश

Logo
प्रकाशित बिहिबार, आषाढ ०२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२ असार । उच्च अदालत जनकपुरले निहारिका राजपूतले दायर गरेको जबर्जस्ती करणी मुद्दामा आरोपितलाई झिकाउने आदेश दिएको छ ।

न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले जबर्जस्ती करणीका आरोपित धनुषाको क्षिरेश्वरनाथ नगपालिका–३ महेन्द्रनगरका शिवराज श्रेष्ठलाई झिकाउन आदेश दिएको छ ।

निहारिकाले गत असोजमा उच्च अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् । सोही मुद्दामा आरोपित श्रेष्ठलाई झिकाउने आदेश भएको अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार आरोपित श्रेष्ठलाई १५ दिनभित्र अदालतमा हाजिर हुन पत्र पनि पठाइसकिएको छ । २१ दिनभित्र आरोपित अदालतमा हाजिर नभए एकल पैरवी हुने उनले बताए ।

श्रेष्ठले आफूलाई फकाएर जबर्जस्ती करणी गरेको निहारिकाले बताउँदै आएकी छन् । सोही करणी पछि आफ्नो गर्भ बसेको र छोरा जन्मेको उनको भनाइ छ ।

दोषीलाई कारवाहीको माग गर्दै निहारिहका आफ्ना २१ महिने छोरासहित पछिल्लो एक साता यता काठमाडौंमा अनसन बसिरहेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]