२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

चार लाख भारतीय रकमसहित विमानस्थलबाट एक युवक समातिए

Logo
प्रकाशित शुक्रबार, आषाढ ०३, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,३ असार। चार लाख भारतीय रकमसहित एक नेपाली युवक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।

विमानस्थल प्रहरी कार्यालयले तनुहँको व्यास नगरपालिका–१२ का रन्जन पाण्डेलाई पक्राउ गरेको हो।

उनको साथबाट प्रतिबन्धित ३ लाख ९३ हजार ६५० भारु बरामद भएको छ। नेपाल एअरलायन्सको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका पाण्डेले बोकेको ह्याण्ड ब्यागबाट उक्त रकम बरामद भएको हो।

पक्राउ परेका पाण्डेलाई रकमसहित थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालसहितका विभिन्न १० देशका १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई निम्ता दिएको छ । भाजपाका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले आज जारी गरेको विज्ञप्तिमा नेपालका पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ । प्रमुख दल नेपाली काँग्रेस, सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय […]