१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

सर्लाही जिसस प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी निर्विरोध

Logo
प्रकाशित शुक्रबार, आषाढ ०३, २०७९

न्यूजमधेश डेस्क
सर्लाही,३ असार। जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका कौशल किशोर सिंह र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका जितेन्द्र कुमार महतो निर्विरोध निर्वाचित भएका छन् ।

प्रमुख र उपप्रमुखसहित ९ सदस्यीय जिल्ला समन्वय समितिको लागि शुक्रबार मनोनयन दर्ताका क्रममा प्रमुखमा सिंह र उपप्रमुखमा महतोको मात्रै उमेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै अन्य ७ जना सदस्यहरु पनि निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी दिए।

जिसस गठनका लागि जिल्लामा नेपाली कांग्रेसको एकल बहुमत भएपनि उसले माओवादी केन्द्रसँग तालमेल गरेको हो। आफूहरुको एकल बहुमत भएपनि केन्द्रीय सर्कुलर अनुसार नै तालमेल गर्नुपरेको नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र कुमार सिंहले जानकारी दिए। तालमेल अनुसार ९ सदस्यसीय जिससमा माओवादी केन्द्रलाई १ उपप्रमुख र १ सदस्य पद दिएको र नेपाली कांग्रेसले १ प्रमुख र ६ जना सदस्य लिएको सभापति सिंहले बताए।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका २० पालिका मध्ये कांग्रेसले १२ पालिकामा प्रमुख र ११ पालिकामा उपप्रमुख जितेको थियो। त्यस्तै माओवादी केन्द्रले ४ पालिकामा प्रमुख र ४ पालिकामै उपप्रमुख जित्दा एमालेले १ प्रमुख र २ उपप्रमुख जितेको थियो। त्यस्तै जनता समाजवादी पार्टीले २ प्रमुख, २ उपप्रमुख जित्दा लोसपाले १ प्रमुख र १ उपप्रमुख जितेको थियो।

यसरी जिसस गठनका लागि कांग्रेससँग १२ प्रमुख र ११ उपप्रमुख गरी २३ मत थियो भने बाँकी सबै दलका गरी १७ मत थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]