०५ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

ट्रकसहित दुई भारतीय नागरिक सप्तरीको कोसी ब्यारेजबाट पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ ०३, २०७९

न्यूजमधेश डेस्क
राजविराज,३ असार । सप्तरीको कोसी ब्यारेजबाट एक भारतीय ट्रकलाई नियन्त्रणमा लिइएको छ ।

शुक्रबार सशस्त्र प्रहरीले रिफाइन पाल्मोनियम तेल १५ सय टिन लोड गरिएको यूपी७५एम ३६९५ नम्बरको भारतीय ट्रकलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोसी ब्यारेजबाट नियन्त्रणमा लिएको हो ।

ट्रकमा आशंका लागेर चेकजाँच गर्दा भन्सार कागजात र प्रज्ञापन–पत्र केही पनि नभएको पाइएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।

उक्त ट्रकसहित चालक भारतको उत्तर प्रदेस कानपुर देहातका अवध बाबु र सह चालक कानपुर प्रान्त बस्ने धिरज कुमारलाई पनि नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएको ट्रक र ५४ लाख ९६ हजारको तेलसहित चालक र सह–चालकलाई पनि आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालयमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]