०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

सञ्चालन नहुँदै भत्कियो पुल

Logo
प्रकाशित शनिबार, आषाढ ०४, २०७९

न्यूजमधेश डेस्क
दाङ,४ असार । दाङको बबई नदीमा बनाइएको पुलको संरचना भत्किएको छ । बबई गाउँपालिका–७ मठेउरादेखि रावततरा जोड्ने नवनिर्मित पुलको संरचना भत्किएको हो ।

पुलको सुरक्षाका लागि लगाइएको तारजाली सबै भत्किएको छ । मापदण्ड अनुसार तारजाली नलगाइँदा बनाइका संरचनाहरू भत्किएको स्थानीयको भनाई छ । मनसुन सुरु नहुँदै नवनिर्मित संरचनाहरू भत्किँदा वर्षायाममा जोखिम बढेको उनीहरूले बताए ।

केही महिना पहिलेमात्र निर्माण सम्पन्न पुलको हालसम्म उद्घाटन समेत भएको छैन । २०७२ सालदेखि निर्माण सुरु भएको पक्की पुल निर्माणको काम केही समयपहिले सम्पन्न भएको थियो ।

निर्माणाधीन क्रममा बाढीले पुल भत्काएपछि नयाँ डिजाइनमा पुनःनिर्माण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]