१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

शिक्षालाई जीवन कौशलको रुपमा अगाडि बढाउनुपर्नेमा नगर प्रमुख साहको जोड

Logo
प्रकाशित शनिबार, आषाढ ०४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ असार।जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले शिक्षा क्षेत्रको विकासका लागि आफु प्रतिवद्ध रहेको बताएका छन ।

जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखाले शनिवार उपमहानगरपालिकाको सभाहलमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा नगर प्रमुख साहले प्रविधिको विकासले शैक्षिक प्रणालीमा ठूलो परिवर्तन आउने भएकोले प्रविधिमैत्री शिक्षामा जोड दिएका छन ।

कोरोना महामारीको समयमा समेत भर्चुअल पठनपाठनलाई प्रभावकारी माध्यमका रूपमा स्थापित गरेकोले केही विषयवस्तुहरु इन्टरनेटमा उपलब्ध दृश्यमा आधारित स्रोतहरू प्रयोग गरेर सरल ढंगबाट सजिला ढंगबाट पढाउ आग्रह गरेका छन । उनले शिक्षालाई केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम मात्र नभई जीवन कौशल (लाइफ स्किल) को रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

भूमण्डलीकरणको यो समयमा नागरिकलाई आधारभूत भाषागत जीवन कौशल दिने शिक्षा प्रणाली संस्थागत गर्नु अत्यन्त जरुरी रहेको उनले बताए । उनले भने निश्चित उमेरमा विद्यार्थीहरू भाषागतसहित केही विशेष जीवन कौशल हासिल गर्ने अवसरबाट वञ्चित भए भने पछि त्यो सीप तालिमबाट अपेक्षित रूपमा पूर्ति गर्न गाह्रै हुन्छ ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न उपाध्याय, शिक्षा शाखा प्रमुख मेही लाल यादव , अन्जु पाण्डे , जनकपुरधाम उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]