०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

साइकलबाट लडे राष्ट्रपति बाइडेन

Logo
प्रकाशित आइतबार, आषाढ ०५, २०७९

न्यूजमधेश डेस्क
न्युर्याेक,५ असार। अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुद्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लडेका छन्। तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ।

ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठेका देख्न सकिन्छ। त्यसपछि उनले भने, ‘म राम्रो छु।’ उनी प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका थिए।

साइकलबाट लडेपछि दर्शकहरूसँग कुरा गर्न रोकिएका थिए। साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा आफूले सन्तुलन गुमाएको राष्ट्रपतिले शुभचिन्तक र पत्रकारहरूको सानो भीडलाई बताए।

उनलाई ठूलो चोट नलागेको र औषधिउपचार आवश्यक नभएको ह्वाइटहाउसका एक अधिकारीले बताए। ‘राष्ट्रपति आफ्नो परिवारसँग बाँकी दिन बिताउन तत्पर हुनुहुन्छ’, ती अधिकारीले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]