२६ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
×

सचिव सिंहको असुली धन्धा

Logo
प्रकाशित सोमबार, आषाढ ०६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,६ असार। सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहले मातहतका निकायका प्रमुख तथा वरिष्ठ इन्जिनियरलाई धम्काउदै रकम असुली गर्न थालेका छन् ।

यसरी सचिव सिंहले धम्क्याउँदै रकम असुली गर्न थालेपछि मातहतका इन्जिनियरलगायतका कर्मचारीले त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रकम असुली सम्बन्धमा गुनासो आएको भन्दै सिंहसँग स्पष्टीकरण सोधेको छ । आर्थिक वर्षको समापन हुनै लाग्दा विभिन्न विकासे मन्त्रालयमा रकमको लेनदेन हुने गरेको छ । विभिन्न मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवामा आर्थिक चलखेल हुने गरेको र अहिले त्यो क्रम अत्याधिक रहेको स्रोतको दाबी छ ।

अख्तियारको पत्र, प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण

सहरी विकास सचिव सिंहले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको मिलिमतोमा मातहतका कर्मचारीसँग रकम असुली गर्न थालेको कर्मचारीको आरोप छ । सचिव सिंहले पनि मन्त्री र मन्त्रीको पार्टीलाई रकम आवश्यक पर्ने भन्दै मन्त्रीको नाम लिँदै वरिष्ट इन्जिनियर तथा मातहका कर्मचारीसँग रकम बार्गेनिङ गर्दै आइरहेको बताइएको छ ।

सचिव सिंहले भने जति रकम नदिए अपायक ठाउँमा सरुवा गरिदिने भन्दै इन्जिनियरलाई दुःख दिने काम गरिरहेका छन् । ‘सचिव सिंहले हाकाहाकी रकम माग्न थालेपछि हामी बाध्य भएर अख्तियार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी हाल्न बाध्य भएका हांै ।’ एक वरिष्ट इन्जिनियरले राजधानीसँग भने ।

पीडित कर्मचारीले अख्तियार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहविरुद्ध छानबिनको माग गर्दै उजुरी हाले पनि सुरुमा प्रधानमन्त्री कार्यालयले खासै चासो दिएको थिएन तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास सचिव सिंहले सहरी विकासमन्त्रीको नाम लिँदै मातहतका कर्मचारी सँग रकम असुली गर्न थालेको उजुरी आएकाले त्यस विषयमा आवश्यक छानबिन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको थियो ।

अख्तियारबाट पत्र आएपछि मुख्य सचिव शंकरदास वैरागीले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएर कारबाही अघि बढाएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । मुख्य सचिव वैरागीद्वारा रकम लेनदेन’bout प्रस्ट पार्न र यथार्थ जानकारी दिन भन्दै सचिव सिंहलाई स्पष्टीकरण सोधेको पत्र सहरी विकास मन्त्रालयमा आइपुगेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले पनि सिंहविरुद्ध उजुरी परेपछि र अख्तियारबाट छानबिन गर्नुपर्ने पत्र आएकाले सोहीअनुसार सचिव सिंहसँग स्पष्टीकरण माग गरिएको जानकारी दिएको छ । सुरुमा सहरी विकासमन्त्री झाँक्रीसँग केही विषयमा टसल भएपछि सचिव सिंहको गत १३ मंसिरमा प्रधानमन्त्री कार्यालयमा सरुवा भएको थियो । विवादास्पद छविका सिंह पुनः शक्तिकेन्द्रको प्रयोग गरी मन्त्री झाँक्रीलाई समेत प्रभावमा पारेर चार महिनापछि फेरि सहरी विकास मन्त्रालयमा नै फर्कन सफल भएका थिए ।-राजधानी दैनिकमा छापिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]