१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

सचिव सिंहको असुली धन्धा

Logo
प्रकाशित सोमबार, आषाढ ०६, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,६ असार। सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहले मातहतका निकायका प्रमुख तथा वरिष्ठ इन्जिनियरलाई धम्काउदै रकम असुली गर्न थालेका छन् ।

यसरी सचिव सिंहले धम्क्याउँदै रकम असुली गर्न थालेपछि मातहतका इन्जिनियरलगायतका कर्मचारीले त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रकम असुली सम्बन्धमा गुनासो आएको भन्दै सिंहसँग स्पष्टीकरण सोधेको छ । आर्थिक वर्षको समापन हुनै लाग्दा विभिन्न विकासे मन्त्रालयमा रकमको लेनदेन हुने गरेको छ । विभिन्न मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवामा आर्थिक चलखेल हुने गरेको र अहिले त्यो क्रम अत्याधिक रहेको स्रोतको दाबी छ ।

अख्तियारको पत्र, प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण

सहरी विकास सचिव सिंहले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको मिलिमतोमा मातहतका कर्मचारीसँग रकम असुली गर्न थालेको कर्मचारीको आरोप छ । सचिव सिंहले पनि मन्त्री र मन्त्रीको पार्टीलाई रकम आवश्यक पर्ने भन्दै मन्त्रीको नाम लिँदै वरिष्ट इन्जिनियर तथा मातहका कर्मचारीसँग रकम बार्गेनिङ गर्दै आइरहेको बताइएको छ ।

सचिव सिंहले भने जति रकम नदिए अपायक ठाउँमा सरुवा गरिदिने भन्दै इन्जिनियरलाई दुःख दिने काम गरिरहेका छन् । ‘सचिव सिंहले हाकाहाकी रकम माग्न थालेपछि हामी बाध्य भएर अख्तियार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी हाल्न बाध्य भएका हांै ।’ एक वरिष्ट इन्जिनियरले राजधानीसँग भने ।

पीडित कर्मचारीले अख्तियार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहविरुद्ध छानबिनको माग गर्दै उजुरी हाले पनि सुरुमा प्रधानमन्त्री कार्यालयले खासै चासो दिएको थिएन तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास सचिव सिंहले सहरी विकासमन्त्रीको नाम लिँदै मातहतका कर्मचारी सँग रकम असुली गर्न थालेको उजुरी आएकाले त्यस विषयमा आवश्यक छानबिन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको थियो ।

अख्तियारबाट पत्र आएपछि मुख्य सचिव शंकरदास वैरागीले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएर कारबाही अघि बढाएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । मुख्य सचिव वैरागीद्वारा रकम लेनदेन’bout प्रस्ट पार्न र यथार्थ जानकारी दिन भन्दै सचिव सिंहलाई स्पष्टीकरण सोधेको पत्र सहरी विकास मन्त्रालयमा आइपुगेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले पनि सिंहविरुद्ध उजुरी परेपछि र अख्तियारबाट छानबिन गर्नुपर्ने पत्र आएकाले सोहीअनुसार सचिव सिंहसँग स्पष्टीकरण माग गरिएको जानकारी दिएको छ । सुरुमा सहरी विकासमन्त्री झाँक्रीसँग केही विषयमा टसल भएपछि सचिव सिंहको गत १३ मंसिरमा प्रधानमन्त्री कार्यालयमा सरुवा भएको थियो । विवादास्पद छविका सिंह पुनः शक्तिकेन्द्रको प्रयोग गरी मन्त्री झाँक्रीलाई समेत प्रभावमा पारेर चार महिनापछि फेरि सहरी विकास मन्त्रालयमा नै फर्कन सफल भएका थिए ।-राजधानी दैनिकमा छापिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]