२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

मूल्य वृद्धिको बिरोधमा जनमत पार्टीद्वारा चक्काजाम

Logo
प्रकाशित सोमबार, आषाढ ०६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,६ असार । डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा मूल्यवृद्धि विरुद्धमा चक्काजाम गरेका छ्न।

सोमबार पुर्व पश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ८ कसहा चौकमा जनमत पार्टी सिरहाको इन्चार्ज बिजय साहको नेतृत्वमा एक घण्टा चक्काजाम गरि बिच बाटोमै टाइरमा आगो बालेर बिरोध प्रदर्शन गरेको थियो।

चक्काजाम गर्न पुगेका जनमत पार्टीका नेता र प्रहरीबीच भनाभनसमेत भएको इन्चार्ज साहले बताए।उनले भने सरकारलाई आजको आन्दोलन एउटा सांकेतिक मात्रै थियो।यदि तुरुन्तै मुल्यवृद्धी फिर्ता लिएनन् भने कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत उनले दिएको छ।

सरकारले हिजो पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको थियो ।अहिले पेट्रोलको मूल्य १९९ रुपैया भैसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]