२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मूल्य वृद्धिको बिरोधमा जनमत पार्टीद्वारा चक्काजाम

Logo
प्रकाशित सोमबार, आषाढ ०६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,६ असार । डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा मूल्यवृद्धि विरुद्धमा चक्काजाम गरेका छ्न।

सोमबार पुर्व पश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ८ कसहा चौकमा जनमत पार्टी सिरहाको इन्चार्ज बिजय साहको नेतृत्वमा एक घण्टा चक्काजाम गरि बिच बाटोमै टाइरमा आगो बालेर बिरोध प्रदर्शन गरेको थियो।

चक्काजाम गर्न पुगेका जनमत पार्टीका नेता र प्रहरीबीच भनाभनसमेत भएको इन्चार्ज साहले बताए।उनले भने सरकारलाई आजको आन्दोलन एउटा सांकेतिक मात्रै थियो।यदि तुरुन्तै मुल्यवृद्धी फिर्ता लिएनन् भने कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत उनले दिएको छ।

सरकारले हिजो पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको थियो ।अहिले पेट्रोलको मूल्य १९९ रुपैया भैसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]