०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

सामुहिक बलात्कार गरेको आरोपमा एक जनालाई पुर्वपक्षका लागि थुनामा पठायो

Logo
प्रकाशित मंगलबार, आषाढ ०७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ असार । धनुषाको उत्तरी क्षेत्रमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको घटनामा एक आरोपितलाई पूर्व पक्षको लागि थुनामा राख्ने आदेश भएको छ ।

क्षीरेश्वरनाथ नगरपालिकाकी एक १८ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको घटनामा जिल्ला अदालत धनुषाले एक आरोपितलाई थुनामा राखेर अनुसन्धानको आदेश दिएको हो ।

क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ बस्ने सिकिन्द्र साहलाई सोमबार जिल्ला अदालत धनुषाले पूर्वपक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।

घटनामा संलग्न भनिएका अझै तीन जना फरार रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । गत चैत १ गते उनीहरुले ती किशोरीलाई घरबाट मिथिला नगरपालिका–५ मा ल्याई जवरजस्ती करणी गरेका थिए ।

पीडित पक्षले जवरजस्ती करणीको आरोपमा उनीहरुमाथि ईलाका प्रहरी कार्यालय ढल्केवरमा किटानी जाहेरी दिएका थिए । प्रहरीले त्यो मुद्दा जेठ ३ गते दर्ता गरेको थियो । प्रहरी स्रोतका अनुसार धनुषा जिल्ला अदालतले आरोपितहरु विरुद्ध पक्राउ पुर्जी नै जारी गरेका थिए ।

आरोपितहरुमध्ये सिकीन्द्र साहलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । उनलाई गत जेठ १६ गते पक्राउ गरेको थियो ।

पीडित भनिएकी किशोरीलाई न्याय दिलाउनको लागि महिला तथा बालबालिका क्षेत्रमा निरन्तर कार्यरत माईती नेपाल धनुषाका ठुलो भूमिका निर्वाह गरेका थिए ।

निरन्तर पीडित परिवारसँग सम्पर्क बनाएर नेपाल पीडित किशोरीको न्यायको लागि प्रशासनीक गुहार लगाउँदै आएका हुन् । सो क्रममा उनले विभिन्न पक्षको दबाब समेत खेप्नु परेको बताएका छन् ।

पीडक भनिएको पक्षबाट चौतर्फी दबाब आउँदा पनि हरेष नखाएका कार्यक्रम सँयोजक यादवले पीडित किशोरीको न्यायको लागि सदैव खटिरहने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]