१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

हाम्रा उम्मेदवारमा आत्मविश्वासमा कमि देखिए : डा राउत

Logo
प्रकाशित बुधबार, आषाढ ०८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,८असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारमा आत्मविश्वासको कमी देखिएको बताएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा राउतले आफूहरु पैसाका कारण चुनावमा पराजित नभएको बताए ।

‘पैसा नभएका कारण जितेनौं भन्ने कुरा होइन । बिना पैसाले पनि मान्छेले जितेका छन् । जसलाई आत्मविश्वास छ ती व्यक्ति २१ बर्षकै उमेरमा मेयर भएर देखाइदिएका छन्’ उनले भने, ‘हाम्रा उम्मेदवारमा आत्मविश्वासको कमी देखियो ।’

उनले अघि भने, ‘जब आफैं चुनाव जित्ने विश्वास छैन भने जनताले कसरी मत दिन्छ ?’

अध्यक्ष राउतले अन्य पार्टीले अरु दलले आफ्नो पार्टी र उम्मेदवारविरुद्ध भ्रम फैलाएको पनि आरोप लगाए । ‘तिमी कहाँ जित्छौं, पैसा छैन । अर्काे पटक उठ्नु नि !’ जस्ता कुरा बोलेर आफ्ना उम्मेदवारको आत्मविश्वास घटाउने काम गरेको उनले बताए ।

यद्यपी दुई वटा सिट जित्नु पनि पार्टीको लागि महत्वपूर्ण भएको राउतले बताए । भारतीय जनता पार्टीले सन् १९८४ मा २ वटा मात्रै सिट जितेको प्रसंग उठाउँदै डा. राउतले अहिले त्यही पार्टीले २८२ सिट जितेको बताए । ‘हामी पनि २८२ सिटमा पुग्छौं’ उनले भने, ‘त्यसका लागि संघर्ष गर्नु जरुरी छ ।’ज,

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]