१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

पेट्रोलियम पदार्थको मूल्य समयमै फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने इन्चार्ज झाको चेतावनी

Logo
प्रकाशित बिहिबार, आषाढ ०९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,९ असार।पेट्रोलियम पदार्थको मूल्य ३ दिन भित्र फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रिने जनमत पार्टी सप्तरी इन्चार्ज ममता झाले चेतावनी दिएकी छिन्।

आज सप्तरीको सदरमुकाम राजविराजमा पेट्रोलियम पदार्थको मुल्यविद्धिको विरुद्धमा जनमत पार्टी सप्तरीले प्रदर्शन गरेका हुन।

सो बिरोध प्रदर्शनपछि न्यूजमधेशसंग कुरा गर्दै जिल्ला इन्चार्ज झले भने, ” पेट्रोलियम पदार्थ जनताको प्रत्यक्ष जीवनसंग जोडिएको महत्त्वपूर्ण उपभोग्य बस्तो भएको सर्ववितिकै छ।पाँचदलिय सरकार गठन भएपछि पटक-पटक पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिबाट आम सर्वसाधारण नेपाली जनता आक्रान्त बनेका छ्न।”

उनले जनताको जीवनसंग जोडिएको तथा आम सर्वसाधारण ,व्यवसायी ,उद्योगी,किसान र विद्यार्थीलगाइत सम्पुर्ण नागरिकहरुको जनजीवनमा प्रत्यक्ष असर पर्नेभएकोले यश समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेकी छिन् ।

साथै किसानहरुलाई समयमै मलखाद उपलब्ध गराइदिनसमेत जिल्ला इन्चार झाले सम्बन्धित पदलाई ध्यानाकर्षण गराउनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]