०६ जेठ २०८२, मंगलबार
20-05-2025 , Tue
×

जनकनन्दिनी गाउँपालिकाले ल्याए ४७ करोड बढी बजेट

Logo
प्रकाशित शुक्रबार, आषाढ १०, २०७९

मनोज मोरबैता
जनकपुरधाम,१० असार। पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाको ८ औं गाउँसभा सफलतापूर्वक सम्पन्न भएको छ ।

शुक्रबार भएको ८ औं गाउँसभाबाट गाउँपालिकाको लागि ४७ करोड बढी बजेट अनुमान गरिएको छ । शिक्षा , स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखी भौतिक पूर्वाधार निर्माणको अवधारणालाई मुख्य मुद्दाको रुपमा अगाडी सारिएको हो ।

गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवको सभापतित्व तथा उपाध्यक्ष कमला सहगलको विशेष आतिथ्यमा आर्थिक बर्ष २०७९÷०८० को बजेट सार्वजनिकीकरण गरिएको हो ।

आर्थिक वर्ष २०७९÷०८० को लागि कुल ४७ करोड २९ लाख ९६ हजार अनुमानित बजेट सार्वजनिकीकरण गरिएको हो । जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ स्थित रहेको स्वास्थ्य चौकीको सभाहलमा युवा, विद्यार्थी, जेष्ठ नागरिक, कर्मचारी, भद्रभलादी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सँचारकर्मी, सुरक्षाकर्मीको उपस्थितिमा बजेट सार्वजनिकीकरण गरिएको हो ।

जनकनन्दिनी गाउँपालिका वडा नम्बर२ का वडाध्यक्ष अब्दुल मालिक अतिथिहरुलाई स्वागत गरेका थिए।

सो क्रममा गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलले चालु आर्थिक वर्षको लागि बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

गाउँपालिका अध्यक्ष दिपिन देव यादव नेता बनेर होइन,जनताको बेटा बनेर सेवा गर्नको लागि आएको उनले बताए।जनताको आवश्यकता र समस्या बुझ्दै जनकनन्दिनी गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरु पार्टी भन्दामाथी उठेर गाउँपालिकालाई तीन वर्ष भित्रै गाउँपालिकाको प्रत्येक वडामा चार पाङ्ग्रे ,कार गुड्ने बाटोको निर्माण गरेर देखाउने उनले दाबी गरेका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]