०५ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

धनुषा : औरही गाउँपालिकाले ल्याए ३६ करोड भन्दा बढी बजेट

Logo
प्रकाशित शनिबार, आषाढ ११, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम, ११ असार।धनुषा जिल्लाको औरही गाउँपालिकामा ३६ करोड ३४ लाख ४६ हजारको बजेट ल्याएको छ । नगरभाको नीति तथा कार्यक्रम अध्यक्ष उमा शंकर साहले शुक्रबार आज छैठो गाउँ सभामा प्रस्तुत गर्दै सार्वजनिक गरेका छन् ।

आर्थिक बर्ष २०७९/८० मा आन्तरिक श्रोत तर्फबाट ३२ लाख, प्रदेश सरकार समानिकरण तर्फबाट ७१ लाख ४ हजार, समानिकरण केन्द्र तर्फबाट १० करोड ३० लाख, राज्शव बाडफाड तर्फबाट ६ करोड ८९ लाख ५० हजार, चालु आब कोबाकी रकम तर्फबाट १ करोड ५० लाख, समपुरक अनुदान प्रदेश तर्फबाट २९ लाख, विषेश अनुदान प्रदेश तर्फबाट ३० लाख, युनिसेफ नेपाल तर्फबाट ११ लाख ५० हजार ६०० सय रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको हो । औरही गाउँपालिकाका उपाध्यक्ष पुनम कुमारी साहले सो बजेट प्रस्तुत गरेकी हुन् ।

औरही गाउँपालिकाले बजेट गरेको रकम मध्ये संघीय सरकार शर्सत ( चालू ) तर्फबाट १४ करोड १८ लाख, संघीय सरकार शर्सत ( पुजिगत ) तर्फबाट १ करोड ८२ लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगरसभाले बजेटमा फोहरमैला प्लास्टिक व्यवस्थापन, शिक्षा, स्वास्थ्य,, खेलकुद, रोजगारी सृजना तथा सहकारी, स्वास्य सेवामा सुधार एवं पहुँच, वातावरण संरक्षण लगायतको नीति ल्याएको छ । सो सभामा वडा अध्यक्षहरु, वडा सदस्य सहित कार्यपालिकाको सदस्यहरु सहभागिता रहेको थियो ।

यी निति तथा कार्यक्रमलाई योजनाको तराजुमा र गहन रुपको छलफल अन्तर्गत कुन योजना प्राथमिकता राख्ने , कुन योजना अभिलमभ कार्यनयन गर्ने जस्तै, कृषि , शिक्षा र स्वास्थ्य मुल धारमा रहेकोर यो बजेट जनताले नमुनाको रूपमा लिने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत असोक कुमार यादवले बताए । साथै, उनले सभामा बोल्दै भने, ” यहाँहरु यो निति तथा कार्यक्रम पारित गर्न जानुहुन्छ र सो बजेटलाई स्तम्भको रूपमा लिई कार्यनयन बिधि अगाडि लैजाने ” बिश्वास व्यक्त गरे ।यद्यपि, चुनावको समयमा पालिका वासिन्दा सँग वाचा अनुरुप पदभार ग्रहन गरेपछि यस् आर्थिक बर्षमा गाउँपालिका अध्यक्ष साह्ले ल्याएका छन् । नगर सभामा नीति तथा कार्यक्रम सर्वसहमती बाट सार्वजनिकरण भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]