१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

सिरहाको लहान नगरपालिकाले ल्यायो १ अर्ब २६ करोड बढीभन्दा बढी बजेट

Logo
प्रकाशित शनिबार, आषाढ ११, २०७९

धर्मेन्द्र पासवान
लहान,११ असार । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि बजेट १ अर्ब २६ करोड ९१ लाख ३० हजार बजेट प्रस्ताव गरेको छ ।

शुक्रबार भएको १० औं नगर सभामा नगर प्रमुख महेश प्रसाद चौधरीले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट प्रस्ताव गरेको छ ।

लहान नगरपालिकाको १० औं नगर सभाको प्रमुख अतिथि संघीय सरकारका खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनामा स्थानीयको जनश्रमदान अनिवार्य गरेको नीतिले उपभोक्ताबाट हुने काम प्रभावित हुने गरेको बताएका छन् ।

उनले आफ्नो कार्यकालमा जनश्रमदान नीति हटाउने र त्यसको प्रत्यक्ष फायदा तराई मधेशको ४० प्रतिशत जनताले शुद्ध खानेपानीको लाभ लिन सकिने जिकिर समेत गरेका छन् ।

वडाको हिसाबले नेपालको सबैभन्दा ठुलो लहान नगरपालिकाको १० औँ नगरसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जनश्रमदान नीति हजारौँ खोनपानी आयोजनाहरुको बाधक रहेको जानकारी गराएका छन् ।

मन्त्री चौधरीले लहानवासीले केही दिनमै आफ्नो धाराबाट २४ सै घण्टा शुद्ध खानेपानी पाउने छ । जसको लागि वाटर एडले समेत काम गरिरहेको छ । लहान बजारको ढल निकास (ड्रेनेज) जमिनमुनिको नालाको लागि मन्त्रालयबाट बजेट विनियोजन गरिने पनि आश्वासन व्यक्त गरे ।

लहानमा खानेपानी एउटा ठुलो समस्या रहेको भन्दै मेयर महेश चौधरीले खानेपानीको समस्या रहेको वडाहरुमा मन्त्री उमाकान्त चौधरीलाई आफुसंगै नगरपालिकाको निरीक्षण गराएका थिए ।

लहान नगरपालिकाको नीतिमा नै ढल निर्माणका लागि नगरपालिकाले व्यहोर्नुपर्ने रकमका लागि नगर सभाबाट १ करोड रुपैयाँ विनियोजन गरिएको नगरप्रमुख महेश चौधरीले जानकारी गराएको छ ।

उद्घाटन सत्रको कार्यक्रममा उपप्रमुख रामचलितर महतोले स्वागत मन्त्वय व्यक्त गरेका थिए । स्थानीय राजतीतिक दलका प्रतिनिधि, समाजिक अगुवा, शिक्षक, वडाअध्यक्ष, वडासदस्य लगायत हजारौँ व्यक्तिहरुको सहभागीतामा नगर सभाको उद्घाटन कार्यक्रम भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]