२६ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
×

राजविराजमा अनलाइन पत्रकारिता तालिम सुरु

Logo
प्रकाशित शनिबार, आषाढ ११, २०७९

न्यूजमधेश डेस्क
राजविराज,११ असार । आमसञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामको आयोजनामा पाँच दिवसीय अनलाइन पत्रकारिता तालिम शुक्रवार (असार १० गते)देखि सञ्चालन भएको छ ।

मधेश प्रदेशका ६ जिल्लाका अनलाइन सञ्चारमाध्यममा कार्यरत नयाँ पत्रकारहरुको सहभागिता रहेको उक्त तालिमको उद्घाटन मधेश गृह तथा सञ्चार राज्यमन्त्री मा.रुबी कुमारी कर्णले गमलामा पानी हालेर गर्नुभयो ।

सोही कार्यक्रममा वहाँले निष्पक्ष पत्रकारिता अहिलेको आवश्यकता रहेकोले दलिय स्वार्थभन्दा माथि उठेर स्वतन्त्रतापूर्वक कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

‘निष्पक्ष पत्रकारिता अहिलेको आवश्यकता रहेको भन्नुहुँदै राज्यमन्त्री कर्णले देशमा परिवर्तन ल्याउन सञ्चारकर्मीको ठुलो योगदान रहेको स्मरण गर्नुभयो । वहाँले राजनीतिक आस्था र विचारलाई थाती राखेर कलम चलाउन सके मात्र देश र जनताको हित हुने बताउनुभयो ।

तालिम उद्घाटन कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले अनलाइन पत्रकारितालाई व्यवस्थित र प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो । तालिमको अभावले अहिले सामाजिक सञ्जालदेखि युटुव च्यानलसम्ममा प्राय: अपुष्ट एवम् सूचनाहरु प्रशारण हुँदै आएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । वर्तमान अवस्थामा अनलाइन पत्रकारिताको महत्व एवम् प्रभावकारिता बढ्दैगएकोले अनलाइन मिडियामा कार्यरत पत्रकारहरु थप जिम्मेवार बन्नुपर्ने अध्यक्ष यादवले बताउनुभयो ।

सो तालिममा प्रदेशका विभिन्न जिल्लाका गरी २७ जना सहभागी रहेको छ । अध्यक्ष यादवको अध्यक्षता आयोजित उद्घाटन कार्यक्रममा मिडिया काउन्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, पुर्व अध्यक्षद्वय धिरेन्द्र प्रसाद साह, वैधनाथ झा लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभयो ।
प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंहले स्वागत मन्तव्य तथा सञ्चालन मधेशलाइभ अनलाइनका सम्पादक प्रिया सिंह थारुले गरिन् ।

तालिमको प्रशिक्षकमा लामो समयदेखि राष्ट्रिय सञ्चारमाध्यमहरुमा कार्यरत विश्वमणी पोखरेल, प्रा. सुरेन्द्र प्रसाद गुप्ता, दिनेश यादव, अवधेश कुमार झा, श्रवण देव, सुरेश कुमार यादव, भोला कुमार पासवान, विनय कुमार कर्ण, गृह तथा सञ्चार मन्त्रालयका कानून अधिकृत सन्दिप कुमार सिंह, अनिल कुमार कर्ण लगायतका अतिथि प्रशिक्षकहरु समेतद्वारा प्रशिक्षण दिईने आमसञ्चार प्राधिकरणकी सदस्य प्रतिमा चौधरीले जानकारी दिनुभयो । वहाँका अनुसार तालिममा अनलाइनको समाचार लेखनदेखि अपडेट सम्मका विषयवस्तुहरुबारे सिकाईने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]