२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

पहिलो पटक समयमै धनौजीको गाउँसभा सम्पन्न, ३२ करोड बजेट सार्वजनि

Logo
प्रकाशित आइतबार, आषाढ १२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,११ असार। धनुषाको धनौजी गाउँपालिकाले पछिल्लो चार वर्षमा पहिलो पटक समयमै गाउँ सभा सम्पन्न गरेको छ । यस अघिका जनप्रतिनिधी र कार्यालय प्रमुख बीचको विवादका कारण असार १० गते भित्रै गाउँसभा सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था रहेपनि समयमै सम्पन्न गर्न सकेको थिएन । जसले गर्दा गाउँपालिकाका विकास निर्माणका कामहरु प्रभावित हुँदै आएको थियो ।

गत वर्ष साउनमा गाउँपालिकामा हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत सावन चौधरीको सक्रियतामा यसवर्ष समयमै गाउँसभा सम्पन्न भएको छ । असार १० गते गाउँपालिकामा आयोजित सभाबाट अगामी आर्थिक वर्ष २०७९।०८०कालागि ३२ करोड ९० लाख बजेट ल्याएको छ । असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गर्न गाउँपालिका सफल भएको हो । विगत चार वर्षदेखि धनौजिमा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण सभा सम्पन्न हुन सकेको थिएन् ।

धनौजीको विकासका लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि तथा रोजगारलाई केन्द्रित गरेर बजेट ल्याईएको प्रमुख प्रशासकिय अधिकृत चौधरीले बताए ।

कार्यापालिकाको बैठकमा नीति तथा कार्यक्रममा समावेश गर्ने विषयमा प्रतिनिधिका बीचमा सहमति कायम नहुँदा गत आर्थिक वर्षको सभा हुन सकेको थिएन् । गत वर्ष असार १० गते भित्र गर्नु पर्ने सभा साउनमा कार्यालयमा हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत चौधरीले प्रतिनिधिहरुलाई सहमति गराएर असोज २५ गते सभा सम्पन्न गराएका थिए ।

सरकारको निर्देशन अनुसार पछिल्लो चार वर्षदेखि धनौजीको नीति तथा कार्याक्रम र बजेट समयमै आउन नसक्दा कार्यपालिकाको कामकाज प्रभावित हुँदै आएको थियो, प्रमुख प्रशासकिय अधिकृत चौधरीले भने ‘अगामी आर्थिक वर्ष २०७९।०८० को लागि ३२ करोड ९० लाख बजेट ल्याएका छौं ।’ जनप्रतिनिधि तथा कर्मचारीहरुको अथक प्रयास पछि पहिलो पटक धनौजिले समयमै बजेट ल्याउन सफल भएको छ ।

असार १० गते आयोजित गाउँसभामा धनौजी गाउँपालिकाका अध्यक्ष राज कुमार साह, उपाध्यक्ष रामवती मण्डल सहित ५ वटै वडा अध्यक्ष, वडा सदस्य तथा जनप्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । वडा स्तरबाट आएका योजनालाई प्राथमिकताका साथ अगाडि ल्याउने अध्यक्ष साहले प्रतिवद्धता व्यक्त गरे ।

विवादले गाउँपालिकाको सवै काम लथालिंग भएको थियो, अधिकृत चौधरीले भने ‘समयमै गाउँसभा सम्पन्न भएपछि विकास निर्माण र सरकारी सेवा सुविधा प्रवाह गर्न सहज हुने छ ।’ विगतमा बजेट नै पास नभएपछि आर्थिक ऐन पारित हुन नसक्दा काम गर्न समस्या हुँदै आएको थियो । तर यस वर्ष त्यो समस्या समाप्त भएको छ । गाउँपालिकाले जनमुखि बजेट ल्याएको छ । जनतालाई विकासको अनुभूति दिलाउन गाउँपालिका निरन्तर सक्रिय छ, अधिकृत चौधरीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]