२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

बालक मुखियाको मुटु फेर्न साउदीमा कार्यरत नेपालीद्वारा आर्थिक सहयोग

Logo
प्रकाशित आइतबार, आषाढ १२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१२ असार। धनुषाको कमला नगरपालिका ३ का सन्दिप मुखिया ७ वर्षीय छोरा सुरज मुखियाको उपचारका लागि साउदीमा कार्यरत नेपालका मधेशीहरुले आर्थिक सहयोग गरेका छन् ।

साउदीको एबिभी रोक्क ग्रुप कम्पनीमा विभिन्न पदमा काम गरिरहेका कामदारहरुले चन्दा संकलन गरेर धनुषाको कमला नगरपालिका ४ सघारा हाल साउदी बस्ने अरबिन्द कुमार यादवले नेपाली २५ हजार १ सय ६५ रुपैया मुखियालाई मुटु फेर्नको लागि रकम पठाएको छ।

उनिहरु बिरामीको परिवारलाई रकम दिनको लागि न्यूजमधेशका संचालक एवम् पत्रकार मनोज कुमार मोरबैताको नाममा रकम पठाएको छ।

यो भन्दा अगाडि गैर आवासीय मधेसी संघका अन्तर्राष्ट्रिय समितिका महासचिव श्याम बाबु महतोले सिंगापुरबाट समेत २५ हजार उक्त विरामीको मुटु फेर्नकै लागि पठाएको थिए।

यता पत्रकार मोरबैताले करिब ४० लाख रुपैयाँ विरामीको उपचारसहित मुटु फेर्नको लागि आवश्यकता रहेको उनले देश विदेशमा रहेका नेपालीहरुलाई सहयोग गर्नको लागि आग्रह गर्नुभएको छ।

बालक मुखियाको मुटु फेरिनुपर्ने चिकित्सले बताएका छन् । उनी अहिले उपचाररत छन् । गरिब परिवारका भएकाले उपचार गराउने हैसियत उनको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]