०३ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

जिल्ला समन्वय समिति सप्तरीमा संयुक्त गठबन्धनको प्यानल नै विजयी

Logo
प्रकाशित आइतबार, आषाढ १२, २०७९

ललिता साह
सप्तरी,१२ असार । जिल्ला समन्वय समिति सप्तरीको दोस्रो कार्यकालको लागि संयुक्त गठबन्धनको प्यानल नै विजय भएको छ ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका संयुक्त प्यानलका साझा उम्मेदवारहरुले विजयी प्राप्त गरेका हुन् ।

संयुक्त गठबन्धनबाट प्रमुखका उम्मेदवार रहेका नेपाली कांग्रेसका शिव नारायण साहले २३ मत प्राप्त गरी विजय हाँहिल गरेका छन् । उनले जनता समाजवादी पार्टी र नेकपा एमालेका संयुक्त उम्मेदवार छेदी अरगरिया यादवलाई पराजित गरेका हुन् ।

त्यसैगरी उपप्रमुखमा संयुक्त गठबन्धनबाटै लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका शम्भु कुमार यादव विजयी भएका छन् । यता महिला सदस्यमा रंजिता कुमारी चौधरी, सविता कुमारी साह र प्राण मोतीदेवी विजय भएका छन् ।

दलित अल्पसंख्यकमा वौहरी भगत र खुल्ला सदस्यहरुमा जागेश्वर यादव, सत्यनारायण मण्डल र बुद्धी लाल यादवले विजय प्राप्त गरेका छन् । निर्वाचित भएर आएका नौ सदस्य नयाँ कार्य समितिले आगामी पाँच वर्षसम्म जिल्ला समन्वय समिति चलाउने छन् ।

आइतबार सम्पन्न निर्वाचनमा सप्तरी जिल्लाका १८ वटै पालिकाका प्रमुख तथा उपप्रमुख गरी ३६ जना मतदाताहरुले मतदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]